तालिम सम्पन्न


सुर्खेत, १९ चैत ।
सुर्खेत महिला जेसीज र वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०१७ को संयुक्त आयोजनामा परिचयात्मक एव्म शाखा व्यवस्थापन र मोटिभेशन सम्बन्धि एक दिने तालिम वीरेन्द्रनरमा सम्पन्न भएको छ । जेसीजका पदाधिकारी र सदस्यहरुलाई जेसीज भइसके पछि गर्नुपर्ने कर्तव्य र दायित्व जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिममा वीरेन्द्रनगर जुनियर जेसीज र सुर्खेत महिला जेसीजका बोर्डका पदाधिकारी र सदस्यहरु सहभागि भएको तालिममा सुर्खेत महिला जेसीजका संस्थापक सल्लाहकार एव्म वीरेन्द्रनगर जुनियर जेसीजका मानार्थ सल्लाहकार देवेन्द्र सेजुवालले प्रशिक्षण दिएका थिए । 20170401_173954
तलिमको समापन सत्रमा बोल्दै प्रमुख अतिथि एव्म नेपाल जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष र सुर्खेत महिला जेसीजका संस्थापक अध्यक्ष सीमा चन्दले पदाधिकारी र सदस्यहरुले तालिममा सिकेको ज्ञानलाई व्यवहारमा लागु गर्न सुझाव दिइन । ‘जेसीजमा एक वर्ष एक कार्यकाल र एक पद हुन्छ । त्यसैले आफ्नो जिम्मेवारी कुशलताका साथ पुरा गर्न म तालिममा सहभागि सदस्यहरुलाई सुझाव दिन चाहान्छु’ उनले भनिन्, ‘वर्ष २०१७ मा तपाईहरुले के कस्तो काम गर्नुभयो त्यसैको मुल्याकन पछि यस तालिमको उपलब्धी देखिनेछ ।’
यस्तै कार्यक्रममा सुर्खेत महिला जेसीजका पूर्व अध्यक्ष सुष्मा गिरी केसीले जेसीजमा आवद्ध भएका सदस्यहरुलाई आफ्नो जिम्मेवारी कुशलताका साथ पुरा गर्न यस तालिम उपलब्धीमुलक भएको बताइन् । उनले सम्पुर्ण सदस्यहरुलाई जेसीजमा आवद्ध भइसके पछि आफ्नो नेतृत्व र व्यक्तित्व विकास गरेर नेतृत्व लिनुपर्ने सुझाव दिइन् ।
वीरेन्द्रनगर जुनियर जेसीजका  पुर्व अध्यक्ष एव्म नेपाल जेसीज वर्ष २०१६ का जुनियर जेसीज राष्टिय संयोजक हरिलाल खड्काले यस तालिमले जेसी सदस्यहरुलाई काम गर्नका लागि महत्वपुर्ण सहयोग गरेको बताए । उनले तालिममा सिकेको ज्ञानलाई व्यवहारमा ल्याउनुपर्ने बताए  ।
सुर्खेत महिला जेसीज वर्ष २०१७ का अध्यक्ष बसन्ती बस्नेत(एकता) र वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०१७ का अध्यक्ष जगत अधिकारीको संयुक्त अध्यक्षतामा भएको तालिममा सुर्खेत महिला जेसीजका पुर्वअध्यक्ष निर्मला सुवेदी पाठक, ज्योति पौडेल, सुर्खेत महिला जेसीजका निर्वतमान अध्यक्ष प्रतिमा मल्लाह र वीरेन्द्रनगर जुनियर जेसीजका पुर्व अध्यक्ष मुना हमालको सहभागिता रहेकको थियो ।