यू–१६ क्रिकेट प्रतियोगितामा कालिकोटको फराकिलो जीत


kalikotकाठमाडौं, २३ चैत । बुधबारबाट शुरु भएको नेक्सस कप अन्डर १६ क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कालिकोट क्रिकेट क्लब वियजी भएको छ ।

काठमाडौको बुढानिलकण्ठस्थित बुढानीलकण्ठ स्कुलको मैदानमा बुधबार भएको उद्घाटन खेलमा कालिकोटले ललितपुरको स्र्पोटस् साइन्स एकेडेमी–सान रातो टिमलाई ९ विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको सानले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र एक सय १३ रन बनाउन सक्यो । सानकालागि सुमित घिमिरेले सर्वा्धिक ४२ रन बनाए भने मनिष तामाङले १५ रन बनाए । कालिकोटका बबिन बडालले दुई विकेट लिए । त्यस्तै सागर आचार्य, मबिन शर्मा र सागर घिमिरेले एक एक विकेट लिए ।

१ सय १४ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको कालिकोट टिमले मात्र एक विकेट गुमाई १० दशमलब ५ ओभरमा लक्ष्य पुरा ग¥यो । कालिकोटका लागि ओपनर बबीन बडालले सर्वा्धिक ५३ रन बनाए भने अर्का ओपनर सूर्य बमले अविजित ४० रनको पारी खेले । सागर घिमिरे आठ रनमा अविजित रहे । मात्र २१ बलमा ५३ रन बनाएका बडाल म्यान अफ द म्याच घोषित भए ।

यसअघि आजै खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । उद्घाटन समारोहमा बोल्दै विष्टले क्रिकेटको विवाद चाँडै समाप्त हुन बताउनु भयो । उहाँले क्रिकेटको अहिलेको अवस्था भनेका उज्यालोे हुनु पूर्वको घना अँध्यारो जस्तो भएको बताउनुभयो ।

साभारः दैनिकिनेपाल अनलाइन