सुर्खेत, असार १ ।
यूएसएआइडीको आर्थिक सहयोग , पहल परियोजनको व्यवस्थापन तथा सुन्दरनेपाल संस्थाको सहजीकरणमा संचालित कृषि स्वास्थ्य तथा बैकल्पिक जीबिकोपार्जन प्रबद्र्धन कार्यक्रम (पहल) अन्तरर्गत संघिय शासन प्रणालीमा गैर सरकारी संस्थाहरुको भुमिका सम्बन्धि अभिमुखिकरण कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
पहल परियोजनाका जिल्ला संयोजक भिमराज वास्तोलाले स्वागत मन्तव्य सहित सुन्दरनेपाल संस्थाका कर्मचारीहरु र जिल्ला स्थित युएसएआइडीका साझेदारी संस्थाहरु बिच नेपालको संघिय सरकारको नयां संरचनाको बारेमा १ दिने अभिमुखिकरण कार्यक्रम गरिएको जानकारी दिए ।
अभिमुखि कार्यक्रममा जिल्ला समन्वयन समिती सुर्खेतका सामाजिक बिकास अधिकृत टंक लामिछानेले, सहजीकरण गरेको कार्यक्रममा सुन्दर नेपाल संस्थाकी कोषाध्यक्ष माया सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।
पहल कार्यक्रम अन्र्तरगत कृषि, पोषण तथा सरसफाई, विपद् जोखिम न्युनिकरण, प्राकृतिक स्रोत व्यवस्थापन, बैकल्पिक जीविकोपार्जन , वित्तीय सेवा र बिभिन्न सामाजिक क्षेत्रमा रहेर कार्य गर्न जिल्ला स्थित विभिन्न गैर सरकारी संस्थाहरु बिच अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो । मध्य र सुदुरपश्चिमका १४ जिल्ला सञ्चालन भएको पहल कार्यक्रम सन २०१९ सम्म सञ्चालन हुने छ ।



Milan Shrestha । २ असार २०७४, शुक्रबार ११:३६ बजे