काँक्रेविहार दैनिकका प्रकाशक/सम्पादक पत्रकार शर्मा सम्मानित


४ चैत्र, सुर्खेत । सुर्खेतबाट प्रकाशित हुने काँक्रेविहार दैनिकका प्रकाशक एवं सम्पादक सुशिल राज शर्मालाई नेपाल प्रेस यूनियन सुर्खेतले सम्मान गरेको छ ।

सुशिलराज शर्मालाई नेपाल प्रेस युनियनको केन्द्रिय सदस्यमा मनोनित भएपछि सुर्खेत शाखाले सम्मान गरेको हो । बधाई तथा सम्मान कार्यक्रममा प्रेस यूनियनका सुर्खेत शाखा अध्यक्ष ईश्वर खड्काले प्रेस यूनियनको गरिमामय केन्द्रिय सदस्य पद मनोनित हुनभएकोमा गौरभान्वित भएको बताउँदै सुर्खेतले केन्द्रिय सदस्य पद पाएको खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘जिल्लाले केन्द्रिय सदस्य पाएकोमा हामी निकै खुशी छौँ । लोकतान्त्रिक व्यवस्थामा विश्वास राख्ने यूनियनका साथीहरुलाई गोलवद्व गरी अभिभावकत्व महशुस हुनेगरी काम गर्नुहुन आग्रह गर्दछु ।’

यसैगरी बधाई तथा सम्मान कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका जिल्ला सचिव वालदिप कँडेलले पार्टी र यसका सुवेच्छुक संस्थाहरु विचको सवन्धलाई थप विस्तार गर्दै लैजाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसका सुभेच्छुक संस्था यूनिययन लगायतका संस्थाहरुलाई क्रियाशिल बनाउदै पार्टीसँगको सवन्ध विस्तार गर्दै लैजाने योजना बनाएका छौँ । लोकतान्त्रिक पद्वतीमा विश्वास गर्ने साथीहरु समावेश भएका शुवेच्छुक संस्थाहरुका साथ हामी अघि बढ्ने छौँ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित वसेलले यूनियनमा आवद्व पत्रकारहरुको क्षमता विस्तारलगायतका विभिन्न कार्यक्रममा यूनियनको सक्रियता बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रेस यूनियनका केन्द्रिय सदस्य शर्मालाई बधाई दिदै उहाँले जिल्लामा रहेका यूनियन आवद्व पत्रकारहरुका लागि क्षमता विस्तार तथा सांगठनिक एक्यवद्वताका क्षेत्रमा लाग्न अनुरोध गर्नुभयो ।

नेपालमा भएका प्रजातान्त्रिक आन्दोलनका समयमा नेपाल प्रेस यूनियनले महत्वपुर्ण भुमिका निर्वाह गरेको यूनियनका केन्द्रिय सदस्य शर्माले बताउनुभयो । लोकतान्त्रिक व्यवस्था बचाउन नेपाली कांग्रेस तथा यसका आवद्व सुवेच्छुक संस्थाहरु विच सहकार्य बढाउनुपर्ने समय आएको उहाँले बताउनुभयो । समयमै समन्वय तथा सहकार्य बढाउनुपर्ने शर्माको धारणा थियो ।

क्षमता वृद्वि तथा व्यवसायीक पत्रकारिता क्षेत्रमा यूनियन आवद्व पत्रकारका सम्वन्धमा आफ्नो साथ सदैव हुने शर्माको प्रतिवद्वता थियो ।