
बर्दिबास: आधिकृत रुपमा ग्राहकको खाताबाट नक्कली चेक बनाई रकम निकालेको आरोपमा एक बैंकका दुई जना कर्मचारी पक्राउ परेका छन्।
महोत्तरीको बर्दिबास स्थित राष्टिय बाणिज्य बैंकका दुई जना बरिष्ट साहयक कर्मचारीलाइ प्रहरीले अनियमित ढंगबाट रकम निकालेको आरोपमा पक्राउ गरेको हो।
महोत्तरीको बर्दिवास नगरपालिका-८ का ४८ बर्षीय जगदिश काफ्ले र क्राभेपलान्चोकको धुलिखेल नगरपालिका-११ का ३५ वर्षिया अम्बिका पौडेललाई खाताको रकम अपचलन गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिपक पोखरेलले बताए।
महोत्तरीको साँढा-२ का श्री प्रकाश नारायण सिंहको नाममा राष्टिय वाणिज्य बैंक बर्दिवास शाखामा रहेको बचत हिसाव नंम्बर ८०३९४ को नक्कली चेक बनाएर हस्ताक्षर गरेर उनीहरुले रुपैंया निकालेको प्रहरीले जनाएको छ।
नेपाल विधुत प्राधिकरण क्षेत्रिय कार्यालय विराटनगरमा कार्यरत ईन्जिनियर सिंहले उनीहरु विरुद्ध प्रहरीमा उजुरी गरेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीले प्रहरी परिचालन गरि बैंकबाटै उनीहरुलाई पक्राउ गरेको हो ।
प्रारम्भिक ब्यानमा दुवैले आफुसहित अन्य पाँच जना कर्मचारी पनि यस कार्यमा संलग्न भएको बताएका छन् । बैंकिङ कसुर गरेको अभियोगमा उनीहरुमाथि मुद्धा दर्ता गरि अनुसन्धान सुरु गरिएको छ ।
नक्कली चेक बनाई राष्टिय बाणिज्य बैंक बर्दिवास शाखाबाट २० लाख , सर्लाहीको लालबन्दी स्थित राष्टिय बाणिज्य बैंकबाट ५ लाख र सिरहाको राष्टिय बाणिज्य बैंक मिरचैया शाखाबाट १५ लाख गरि ४० लाख रुपैयाँ सेवाग्राहीको खाताबाट निकालिएको छ । २० लाख रुपैंया बर्दिबासको राष्टि वाणिज्य बैंकबाट उनीहरुले निकालेको आरोपमा ती कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो।
नक्कली नागरिकता राखेर लाखौं रकम निकालिएको महोत्तरीका एसपी कुवेर कडायतले बताए।१५ लाख र ५ लाख गरि २० लाखको सर्लाही र सिरहा प्रहरीले अनुसन्धान गर्ने भएको छ।
ग्राहकको खाताबाट गलत ढंगले रकम झिकेको साबित भइसकेपनि घटनामा संलग्न भनिएका अन्य कर्मचारीहरुको खोजी भइरहेको छ ।
साभारः अन्नपूर्णपोष्टअनलाइन



Prawash Kumar Shakya । २६ श्रावण २०७४, बिहीबार १४:२४ बजे