१८औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस सुर्खेतमा पनि मनाइयो


१५ माघ, सुर्खेत । “नियमित रक्तदानले मात्रै रगत र रक्ततत्त्वहरुकाे आवश्यक्ता पुर्ती गर्छ,याे सबैले बुझाैं।” नारा सहित नेपाल स्वयंसेवी रक्तदाता समाजले देशभर आफ्ना शाखाहरुमा १८औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।

सुर्खेतमा पनि समाजका केन्द्रिय सदस्य एवं सुर्खेत शाखा अध्यक्ष प्रवाश कुमार शाक्यले नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतका प्राविधक प्रमुख देपेन्द्र केसीलाई रक्त थैली हस्तान्तरण गरि रक्तदान कार्यक्रम गर्दै दिवस मनाएको छ । दिवसकै अवसरमा समाज सुर्खेतका उपाध्यक्ष अशोक कुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को शुभकामना सन्देश वाचन गर्नुभएको थियो ।

कार्यक्रममा गोविन्द नगाल क्षेत्रीले रक्तदान गर्नुभएको थियो भने केन्द्रिय सदस्य शाक्यले मानव जीवनको सर्वोत्तम कार्यमा सम्पूर्ण यूवाहरुलाई आफ्नो अठार बर्ष प्रवेशको जन्मोत्सव सँगसँगै रक्तदान गर्न अनुरोध गर्नुभएको थियो । कार्यक्रममा ६ जनाले समाजको आजीवन सदस्यता लिनुभएको थियो ।