बलिउडमा सर्वाधिक आम्दानी गर्ने यी कलाकारहरू, हेर्नुहाेस् कसले कति कमाउछन् ?


बलिउडमा सर्वाधिक आम्दानी गर्ने यी कलाकारहरू, हेर्नुहाेस् कसले कति कमाउछन् ?

काठमाडौं । फोब्र्स म्यागजिनले विश्वका महँगा कलाकारहरूको नामावली प्रकाशन गरेलगतै बलिउडका महँगा कलाकारहरूको नाम पनि प्रकाशन गरेको छ।

बलिउडका महँगा महिला कलाकारहरूको सूचीमा म्यागजिनले दीपिका पाडुकोण र प्रियंका चोपडाको नाम सूचीकृत गरेको छ।

म्यागजिनले १० बलिउड कलाकारहरूकाे नाम सूचीकृत गरेकाे छ। जसमा ८ पुरूष र २ महिला रहेका छन् ।

यी हुन् बलिउडका महंगा कलाकारहरू
१. शाहरूख खान
बलिउड कलाकार शाहरूख खान बलिउडका सबैभन्दा महँगा कलाकारको सूचीमा समावेश हुन सफल भएका छन् । उनी ३८ मिलियन डलर आम्दानी सहित विश्वका महँगा कलकारहरूको ८ आैं सूचीमा तथा बलिउडको पहिलो सूचीमा पनि परेका छन् ।

२.सलमान खान
फोब्र्सका अनुसार बलिउडका दोश्रा महंगा कलाकार सलमान खान हुन् । उनी अभिनित चलचित्र ट्युबलाइट फ्लप भए पनि उनको क्रेज भने सकिएको छैन । उनी ३७ मिलियन डलर आम्दानी सहित दोस्रो महँगा बलिउड कलाकारको सूचीमा परेका छन् ।

३.अक्षयकुमार
सन् २०१६मा बलिउड फिल्म उद्योगमा ठूलो सफलता हासिंल गरेका उनी ३५.५ मिलियन डलर आम्दानी सहित तेस्रो सूचीमा परेका छन्।

४.अमीर खान
अमीर १२.५ मिलियन डलर आम्दानी सहित चौथो स्थानमा परेका छन् ।

५.ऋतिक रोशन
राेशन ११.५ मिलियन डलर आम्दानीका साथ पाँचौ महँगा कलाकारको सूचीमा सृचीकृत भएका छन् ।

६.दीपिका पाडुकोण
पछिल्लो समय लगातार सफलताको स्वाद चाखिरहेकी दिपिका पाडुकोण ११ मिलियन डलर आम्दानी सहित महँगा बलिउड कलाकारको छैटौँ तथा पहिलो महंगी महिला बलिउड कलाकारका रूपमा स्थापित हुन सफल छिन् । उनी विश्वकी महँगी महिला कलाकारको सूचीमा समेत समावेश छिन् ।

७.रनविर सिंह
रनविर सिंह १० मिलियन डलर आम्दानी सहित बलिउडका महँगा कलाकारको सूचीका परेका छन् ।

८.प्रियंका चोपडा
हलिउड फिल्मी क्षेत्रमा समेत पहिचान बनाउन सफल प्रियंका १० मिलियन डलर आम्दानी सहित महँगी बलिउड महिला कलाकारको सूचीमा दोश्रो तथा महंगा बलिउड कलाकारमा आठौँ स्थानमा परेकी छिन् ।

९.अमिताभ बच्चन
वचन ९ मिलियन डलर आम्दानी सहित महँगा कलाकारको सूचीका समावेश छन् ।

१०. रनविर कपुर
८ मिलियन डलर आम्दानी सहित महँगा कलाकारहरूको अन्तिम सूचीमा परेका छन् ।

  • साभार : अनलाईन खबर ।