‘नेपाली क्रिकेटलाई जोगाइराख्न डिभिजन टू जित्नैपर्छ’- कप्तान पारस


नेपाल डिभिजन टूमा घटुवा भए पनि विश्वप छनोटको सम्भावना सकिइनसकेकोतर्फ संकेत गर्दै कप्तान पारसले सन् २०१८ को फेब्रुअरीमा नामिवियामा हुने डिभिजन टूमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताए ।

‘हामी यसअघि पनि नामिवियामै भएको प्रतियोगिताबाट डिभिजन वानमा पुगेका थियौं, अब नेपाली क्रिकेटलाई जोगाइराख्नुछ भने फेरि त्यस्तै प्रदर्शन गर्ने बेला आएको छ ।’ पारसले थपे, ‘हामीलाई जसरी पनि विश्वकप छनोटमा पुग्नुछ । डिभिजन टू बाट पनि खस्कियौं भने त माथी आउन कति गाह्रो हुन्छ त्यो हामीलाई मात्र थाहा छ ।’

नामिविया, युएई, क्यानडा, ओमान लगायतका मुलुकहरु सहभागी डिभिजन टूलाई पनि नजरअन्दाज गर्न नहुने कप्तान पारसले बताए । ‘ती टोलीहरुमध्ये कतिलाई हामीले हराएका छौं, कतिसँग हारेका छौं, डिभिजन टूका लागि हामीले अहिल्यैदेखि पर्याप्त तयारी गर्नुपर्छ ।’ कप्तान पारसले भने ।

नेपालले फेब्रुअरीमा डिभिजन टू खेल्नुअघि डिसेम्बरमा विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत युएईसँग उसकै मैदानमा दुई खेल खेल्नेछ ।

साभारः अनलाइनखबर