काठमाडौं : नेपाल आयल निगमले बुवधार वृद्वि गरेको मूल्य फिर्ता लिएको छ। निगमको सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले उक्त मूल्य वृद्वि फिर्ता लिएको हो।निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार आपूर्ति मन्त्रालयबाट वृद्वि भएको मूल्य फिर्ता लिन सञ्चालक समितिलाई निर्देशन दिएपछि उक्त मूल्य फिर्ता भएको हो।
निगमले बुधाबार रातिदेखि लागू हुने गरी ग्यास प्रतिसिलिन्डिर १३५०, पेट्रोल प्रतिलितर एक सय र डिजेल र मटिटतेल ७५ रुपैयाँ ५० बनाएको थियो।
अब ग्यास १३२५, पेट्रोल ९८ रुपैयाँ र डिजेल र मट्टीतेल ७३ रुपैयाँ ५० पैसामा पाइने भएको छ।
साभारः अन्नपूर्णपोष्ट अनलाइन



Prawash Kumar Shakya । १६ कार्तिक २०७४, बिहीबार ०६:४० बजे