मोटे ग्याङ्ग नेपालद्वारा अक्षय कोष स्थापना


३ साउन, सुर्खेत । सामाजिक सञ्जाल फेसबुकमा रहेको चर्चित समूह “मोटे ग्याङ्ग नेपाल”ले आज एक कार्यक्रम गरेर अक्षय कोषको स्थापना गरेको छ ।

मोटे ग्याङ्ग नेपाले ५१ दिन अगाडी निधन हुनुभएकी सदस्य सुरक्षा केसीको स्मृतिमा “सुरक्षा स्मृति अक्षय कोष” को स्थापना गरेको हो । आज स्थापना गरिएको कोषमा जम्मा गरिएको रकमबाट समाजमा विभिन्न सामाजिक कृयाकलापमा खर्च गरिने समूहका एडमिन कुमार शम्सेर थापाले बताउनुभयो ।

कोष स्थापना कार्यक्रममा साझा घर नेपालमा आश्रित बालबालिकाहरुलाई खाजा खुबाइएको थियो । मोटे ग्याङ्ग नेपालले विषेश गरेर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको छ ।