चाँदनीको “के लेखिदियो भाग्यमा” सार्वजनिक


९ साउन, सुर्खेत । कोरोनाको कहरबाट अहिले केही माथि उठेको छ । हुनत सरकारले लकडाउन हटाएर पनि होला । यो ‍समय यतिवेला तीजको समय भैसकेको हुन्छ तर कोरोनाले यो बर्ष असर पारेको छ र पनि तीजका गितहरु विस्तारै सार्वजनिक हुन थालेको छ ।

यसैक्रममा नवगायिका चाँदनी शाक्यको आवाजमा दुख वेदनाले भरिएको तीज गित “के लेखी दियो भाग्यमा मेरो बुझ्नलाई………” सार्वजनिक भएको छ । निकै मर्मस्पर्शी तीज गितलाई एक्का कम्पनीको युट्युव च्यानलबाट गितको प्रिमियर गरिएको छ ।

उत्तम भण्डारीको शब्द तथा संगितमा रहेको गितले नारीहरुले जन्मघर छोडी जाने पिडा वेदनालाई समेटेको छ ।