
१९ बैशाख, सुर्खेती यूवा सर्जक एवं चलचित्र निर्माता निर्देशक निर्मल प्याकुरेलले कोरोना भाइरस (कोभिड-१९)को महामारीमा खटिएका सुरक्षाकर्मी स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुक कथाव्यथालाई गित मार्फत उजागर गर्नुभएको छ ।
गितमा निर्मलले पुर्खाले बनाएको इतिहासमा धेरै गर्व गरिसकेको र अब नयाँ इतिहास बनाउने वेला आएकोले फुटेर हैन जुटेर यो महामारीलाई हटाउनुपर्ने बताउनुभएको छ
प्याकुरेलको लय शब्दमा कवीराज गिरीले स्वर दिनुभएको गितको संगित संयोजन सुर्खेतकै स्थानीय हिमाल थापा मगरले गर्नुभएको हो । गितमा राष्ट्रिय कलाकारहरु धिरेन शाक्य, सुनिल थापा, राजेन्द्र खड्गी, निर्मल शर्मा (हात्ती), विष्णु सापकोटा (हर्के हवल्दार), कमलकान्त मैनाली, गजित विष्ट, विरेन्द्र हमाल, नन्दा बस्यालको अभिनय रहेको छ ।
त्यस्तै गितमा प्रेम शर्मा, घनश्याम गौतम, अर्जुन विसी, गणेश गौतम, प्रेमदेव गिरी, यज्ञ गिरी, कुलमान नेपाली, चिन्तामणी कँडेल र रेशम प्याकुरेलको पनि अभिनय रहेको छ ।



Prawash Kumar Shakya । १९ बैशाख २०७७, शुक्रबार १९:४९ बजे