पौडेलको गोल निर्णायक बन्न सकेन, साथी खोर्के र जीवन ज्योती बराबरीमा



४ माघ,सुर्खेत । पुस २७ गते देखि सुर्खेतमा अखिल नेपाल फुटबल संघ एन्फाद्वारा आयोजित सुर्खेत जिल्ला स्तरीय फुटबल लिग प्रतियोगिताको आज भएको दुबै खेल बराबरीमा समाप्त भएको छ ।

सैनिका आवासीय माध्यमिक बिधालयको खेल मैदानमा मंगलबार वीरेन्द्रनगर क्लब र व्याईज युनियन क्लब बिच भएको खेल १ १ को बराबरीमा समाप्त भएको छ । खेलको पहिलो हाफ बराबरीमा समाप्त भएपनि दोश्रो हाफ शुरु भएको ३ मिनेटमा वीरेन्द्रनगर क्लबका हेमराज पौडेलले गोल गरि आफ्नो टिमलाई अग्रता दिलाउदै बलियो बनाएका थिए । दोश्रो हाफको १५ मिनेट सम्मको खेलमा वीरेन्द्रनगरले अग्रता लिएता पनि खेलको ६० औं मिनेटमा व्याइज युनियका बिजन सापकोटाले गोल गर्दे १ ० को खेललार्ई ११मा ल्याउन सफल भएका थिए भने हेमराजले गरेको गोल नै निर्णायक बन्न नसक्दा खेल ११ को बराबरीमा समाप्त भएको थियो ।


यसै गरि साथी खोर्के र जीवन ज्योती क्लब बिच भएको खेल पनि ज्यादै प्रतिपर्धामा समाप्त भएको थियो । दुबै क्लब बिच भएको खेलमा कुनै पनि टिमका खेलाडीहरुले आफ्नो टिमका लागि कुनै पनि गोल गर्न नसक्दा खेल गोल रहित समाप्त भएको थियो ।