
२८ वैशाख, सुर्खेत । यही बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले नयाँ मतदाताहरूका लागि मतदाता परिचय पत्र वितरण गर्दै छ । आयोगले आज बुधबार र भोलि (बिहीबार) मतदाता परिचय पत्र वितरण गर्ने भएको हो ।
पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण जनाएको छ । परिचय पत्र सम्वन्धित मतदान केन्द्र बाट वितरण हुनेछ



Prawash Kumar Shakya । २८ बैशाख २०७९, बुधबार १०:१२ बजे