साना तथा खाद्य सुरक्षा अनुदान कार्यक्रमले जनजीवन उकास्दै


हरि कृष्ण कुमाई, जुम्ला
पौष २७,
गरिवी, अशिक्षा, रोग र भोकमरीको चपेटामा परेका कर्णालीका स्थानियबासीको हिजोको दिनमा जनजीवन २०६४ सालमा सडक संजालमा जोडिए संगै कर्णालीको विकासले गति लिएको छ । आजभोली जुम्लाका स्थानियबासी कृषि, पशु पालन, जडीबुढी संकलन र स्याउ खेति बाट राम्रो आम्दानी गर्न थालेका छन् । विगतका दिनमा यहाँका किसानले मलको लागि मलको लागि पशु पाल्ने गर्थ्ये भने आजभोली व्यवसायिक रुपमा पशुपालन गर्न थालेका हुन् ।

विगतको वर्षहरुको तुलनामा तिला गाँपालिका वडा नम्वर १ र २ को स्थानीयबासीको जीवन स्तर बदलिदै गएको छ । ग्रामिण साना तथा खाद्य सुरक्षा कार्याक्रम अर्न्तगत तिला गाँउपालिका ८ सय घरधुरीलाई ७-७ वटा बाख्रा, कुखुरा र खरायो स्थानियलाई अनुदान स्वरुप वितरण गरेको थियो । सानो अनुदान बाट हाल कर्णालीका किसानहरु व्यवसायिक रुपमा बाख्रा पालन, कुखुरा पालन, भैँसी पालन, गाई पालान र खरायो पालन गर्न थालेका छन् ।

सडक सञ्जाल संग जोडिनु अघि कर्णालीमा विहान खाए साँझ के खाँउ भन्ने स्थानियहरुको अवस्था अहिले ग्रामिण साना तथा खाद्य सुरक्षा अनुदान कार्यक्रमले परिवर्तन गरिदिएको हो ।

अनुदानको सहयोग पाउनु भन्दा पहिले २ छाक खाना कसरी टार्ने हो भन्ने चिन्ता लाग्थ्यो, तर अहिले अनुदानको बाख्रा पालन व्यवसाय बाट ६ जना बालबच्चालाई विद्यालयमा पढाउन सजिलो भएको छ । घर खर्च पनि चलेको छ, विरामी पर्दा समेत यो व्यवसाय बाट भएको आम्दानीले समस्या समाधान भएको तिला गाँउपालिका १ का स्थानिय अर्जुन बुढाले भने ।

ग्रामिण साना तथा खाद्य सुरक्षा अनुदान कार्याक्रमले सम्पूर्ण गाउँलेको जीवनमा आमुल परिवर्तन ल्याई दिएको स्थानीय गौरी बोहोराले बताउँदै उनले भनिन् “आजभोली गाँउमा कसैलाई आर्थिक समस्या पर्दा पनि गाँउ भन्दा बाहिर जानु पर्दैन, सस्तो दरमा नै गाँउमा ऋण पाइन्छ यो भनेको ग्रामिण साना तथा खाद्य सुरक्षा अनुदान कार्यक्रमको नै उपज हो उनले बताईन ।

२०७० साल बाट गाँउमा १५ वटा पशुपंक्षी समुह गठन गरिएपछि प्रत्येक समुहले ३ लाख रुपैयाका दरले अनुदान प्राप्त गरे संगै कुखुरा, खरायो, बाख्रा र गाई बाट हाल एक करोड २० लाख रुपैँया वरावरको मुनाफा लिई सकेको स्थानियले बताए ।