
अविरल ढकाल, जुम्ला
माघ २७ ।
तातोपानी गाउँपालिकाको तातोपानी धारामा बनाईएको पोखरीमा डुबेर एक जना महिलाको मृत्यु भएको छ ।
पातरासी गाउँपालिकाको-२ की ५० बर्षिय बाटुली ऐडीको पानीमा डुबेर मृत्यु भएको हो । तातोपानी धारामा नुहाउनको लागी गएकी ऐडीको शुक्रबार बेलुका तिर पानीमा डुबेर मृत्यु भएको स्थानियले खबर गरेपछि जिल्लाबाट खटिएको प्रहरी टोली र आफन्त द्वारा शुक्रबार राति १२ बजेतिर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याईएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डि.एस.पी डा. तपनकुमार दाहालले जानकारी दिए ।
मृतकको शवलाई पोष्टमार्टम पछि दाहसंस्कार गरिने भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
Prawash Kumar Shakya । २७ माघ २०७४, शनिबार २०:०३ बजे