लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन ।


मिलन श्रेष्ठ ।
सुर्खेत, २७ फागुन ।
वीरेन्द्रनगर कार्यपालीका वडा नं. ०९को कार्यालयको आयोजन तथा सुर्खेत कम्प्युटर इन्ष्टिच्यूट, कोचिङ्ग सेन्टर प्रा.लि. सुर्खेतको समन्वयनमा आज (आईतबार) वीरेन्द्रनगर नगपालिका वडा न.ं०९ स्थीत शिब.मा लाटीकोईली मा ना.सु. तहको वडा स्तरिय निशुल्क लोक सेवा तयारी कक्षा संचालन भएको छ ।
कार्यक्रमका अतिथि एवंम् सुर्खेत कम्प्युटर इन्ष्टिच्युटका प्रोपाइटर भिम के.सी.का अनुशार यस आर्थिक बर्षमा यस इन्ष्टिच्युटबाट हाल सम्म ४१ जना खरिदार र २१ जना सुब्बाले नाम निकाल्न सफल भएकोमा खुशि व्यक्त गरे ।
यसै गरी कार्यक्रमका बिशेष अतिथी बिद्याभूषण मानन्धरले गाउ स्तरमै आएर कार्यक्रम संचालन गरेको प्रती खुशी व्यक्त गरे ।
कार्यक्रममा समाजसेवी एवंम् प्रमुख अतिथी डम्मर बिक्रम जि.सीले शिक्षित युवाहरु रोजागारीको अभावका कारण खाली बसी रहनु परेको अवस्थाका साथै खाडी मुलुकमा धाई रहनु परेको अवस्थामा युवा लक्षित कार्यक्रम गरेकोमा सुखी व्यक्त गरे ।
वडा नं.०९का वडा अध्यक्ष सुरेश मानन्धरको अध्यक्षता एवंम् भूषण मानन्धरको बिशेष आथित्यमा सम्पन्न कार्यक्रममा प्रशिक्षक द्धय राजेन्द्र रावत र दिपेन सुवेदीले कक्षाको उद्देश्यका वारेमा प्रकाश पारेका थिए ।
वीरेन्द्रनगर नगरपालिकाका वडा सचिव देव प्रसाद मुलले सहजीकरण गरेको कार्यक्रममा वडा नम्बर ९ स्थीत ३० वटा टोलका करिब ६० जना प्रशिक्षार्थिहरुको सहभागिता रहेका थियो ।