जुम्लाको कोइरेलगाँउ पहिलो हिंशामुक्त गाँउ


चैत्र ११, सुर्खेत ।

जुम्ला जिल्लाको हिमा गाउँपालिका २ कोइरेलीगाउँलाई हिंसामुक्त वस्ती घोषणा गरिएको छ । सवै प्रकारका हिंसामुक्त वस्तीको एक कार्यक्रमका बिच घोषणा गरीएको हो ।

गाँउपालिकाको आयोजनामा छाउपडी प्रथाको अन्त्य भएको, महिलालाई कामको बोज कम भएको, महिला र पुरुष बिच समान काम हुने गरेको, गाउँको समाजमा भेदभाव रहित भएको भन्दै महिला हिंसामुक्त गाउँ घोषणा गरिएको हो ।

३५ घरधुरी, २ सय, ४४ जनसंख्या रहेको सो वस्तीमा स्वास्थ्य किड वाल्टिन, नङकट्, रुमाल, ड्रम लगायतका अति आवश्यक स्वास्थ्य सामाग्री समेत वितरण गरिएकोछ ।

जुम्लाकै समृद्ध गाउँ निर्माणका लागि पाँच बर्षे रणनीति योजना निर्माण सहित रचनात्मक काममा अघि बढेको हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाको भनाइछ । उपाध्यक्ष रोकायाका अनुसार कोइरेली गाँउ पहिला पनि नमूना नै थियो, अब थप नमूना बन्दै गएको छ ।

सो वस्तीका प्रत्येक घरमा शौचालयहरु निर्माण सँगै नियमित प्रयोगमा छन् भने खानेपानीको पूर्ण ब्यबस्था छ । जुम्ला जिल्लामा एक नगरपालिका, ७ स्थानीय तह मध्ये सवै प्रकारका हिंसा मुक्त गाउँ घोषणा गरीएको कोइरलगाँउ नै पहिलो गाउँ हो ।