धुर्मुस ‘जुल्फे’ बनेपछि … (भिडियो)


हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ चरित्रअनुसार लुक्स बदल्न माहिर छन् । धुर्मुस हालसम्म फिल्म, म्युजिक भिडियो र टेलिश्रृंखलामा गरी करिब साँढे दुई दर्जन लुक्समा देखिइसकेका छन् ।
 
भूकम्पपछि सामाजिक सेवामा व्यस्त भएका धुर्मुस निर्देशित हास्य टेलिश्रृंखला मेरी बास्सैको प्रसारण बन्द भएको छ । त्यसैले हाल उनी सामाजिक सेवाका साथै ‘धुर्मससुन्तलीडटकम’ नामक वेबसाइट र युट्युबमा ‘धुर्मुससुन्तली’ च्यानलबाट कलाका कार्यमा सक्रिय देखिएका छन् । हालै ‘धुर्मुससुन्तली’ युट्युब च्यानलबाट उनको नयाँ कार्यक्रम सार्वजनिक भएको छ । 
‘जुल्फेको घर’ नामक हास्य तथा सन्देशमुलक भिडियोमा उनले जुल्फेको भूमिका निभाएका छन् । जुल्फेको घरको कथा धुर्मुसले नै लेखेका हुन् भने निर्देशन पनि उनैले गरेका छन् ।
भूकम्पसम्बन्धि जनचेतनाका लागि ‘ह्याबिट्याट फर ह्युमानिटी नेपाल’को प्रस्तुतिमा बनेको जुल्फेको घर डेढ वर्षअघि नै तयार भइसकेको थियो । ‘यो भिडियो हाम्री छोरी जन्मने बेला नै तयार भएको थियो ।’ धुर्मुसले सेतोपाटीसँग भने,‘त्यतिबेला यसलाई टेलिभिजनबाट प्रसारण गरिने लक्ष्य राखिएको थियो तर, विविध कारणले टेलिभिजनबाट प्रसारण नभएपछि आफ्नै च्यानलबाट सार्वजनिक ग¥यौं ।’ 
४० मिनेट लामो भिडियोमा सुरविर पण्डित, विपना बस्नेत, वसन्त भट्ट, रमेश अधिकारी, तारा केसी, कमला रेग्मीलगायतले अभिनय गरेका छन् भने अभिनेत्री ऋचा शर्मा र सञ्चारकर्मी प्रेम बानियाँ विशेष भूमिकामा देखिएका छन् ।
साभारः सेतोपाटी