छोरी बलात्कृत


कञ्चनपुर— कञ्चनपुरको कृष्णपुर नगरपालिका २ बंकमा एक किशोरी आफ्नै बुवाबाट बलात्कृत भएकी छन् । मंगलबार दिउँसो घरमा कोही नभएका बेला आफ्नै कोठामा सुतिरहेकी १४ वर्षीया छोरीलाई बुवाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

दिउँसो घरको माथिल्लो तलामा सुतिरहेकी छोरीलाई बुवाले जबर्जस्ती गरेको प्रहरीले जनाएको छ । आमा घरमा नभएका बेला बुवाले नै बलात्कार गरेको भन्दै किशोरी आफैं प्रहरीकहांँ पुगेपछि उक्त घटना बाहिर आएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउदले बताए । उनका अनुसार किशोरीले नै आफ्ना बुवाको नाममा जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

बलात्कृत भएपछि किशोरी आफैं प्रहरीकहांँ पुगेर रुन थालेपछि आरोपितलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक साउदले बताए । ‘जबर्जस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ,’ साउदले भने, ‘बुधबार मुद्दा दर्तासँगै बालिकाको मेडिकल जाँच गरिएको छ ।’  कान्तिपुर बाट