२०४२ साल जेठ महिनाको २९ गते वीरेन्द्रनगर-५, सुर्खेतमा आमा लालकुमारी र खगेन्द्रबहादुर सिंहको जेठी छोरी भएर यस धर्तीमा पर्दापर्ण गर्नुभएकी एक आँटिली सहासी महिलाको स्थान बनाइसक्नु भएकी हुनुहुन्छ पुजा सिंह ।
सानोमा घमण्डी स्वभावको रहनुभएकी पुजाको बाल्यकाल सामान्यरुपमा व्यतित गरेको बताउँदै युवा अवस्थामा आइसकेपछि भने विभिन्न वाधा अवरोधले गर्दा आरोहअवरोहमा निकै दुःख गरेको स्मरण गर्नुहुन्छ ।
आफ्नो जीवनमा कठिन परिस्थिती सामना गरिरहेकै वेला व्यापार गर्ने सोच आयो तर आर्थिक स्थिति नाजुक रहेको वेला सानो पुँजीमा गर्न सक्ने व्यापार भनेकै तरकारी व्यावसाय देखेर आमाले दिनुभएको रु ४००० रुपैयाको सहयोगमा २०६३ सालदेखी तरकारी व्यावसाय शुरु गरेको बताउनुहुन्छ ।
त्यती वेलाको स्वतन्त्र व्यापार र अहिलेको व्यापारमा आकाश जमिनको फरक रहेको र अहिले सुर्खेतमा तरकारीहरु ६० प्रतिशत त अझै पनि भारतबाट नै आउने गरेको बताउनुहुन्छ ।
अहिलेको समयमा उपभोक्ता पनि सचेत छैनन् हेर्दा आकर्षण देखिने तरकारी र अर्गानिक तरकारी हेर्दा आकर्षण नदेखिने हुँदा उपभोक्ताहरुको बढी जसो आकर्षण देखिने तरकारीहरुमा आकर्षित छने अर्गानिक तरकारी त आक्कलझुक्लमा मात्र उपभोक्ताले खोज्न आउँछन् उपभोक्तालाई हेर्दा राम्रो र सस्तो तरकारी भए पुग्छ उहाँ भन्नुहुन्छ ।
पुजा विषेशत सम्पूर्ण महिलाहरुलाई साहस र आँटका साथ लगनशिल भएर कुनैपनि काममा लाग्यो भने सफल अवश्य भैइन्छ भने लाग्छ महिलाहरुले चाहे जुन किसिमको काम गरेपनि कुराकाट्नेहरु धेरै हुनेहुँदा सचेत भएर लाग्छ उहाँ आग्रह गर्दै त्यही आँट र साहसले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पुजा सब्जी मण्डीका नामले चिनिदाँ आफुले गौरवको महशुस गर्नुहुन्छ ।
पुजा आफुले जीवनमा दुखद क्षणहरु व्यतित गरिसकेले बृद्धाश्रमलाई आफुले सकेको सहयोग तथा वीरेन्द्रनगर खजुरा सुर्खेतमा रहको बाल संरक्षण केन्द्रलाई केही समय देखि महिनाको १ बोरा तरकारी (आलु) सहयोग गरिरहेको बताउनुहुन्छ ।
अन्तमा आफ्नो यो संघर्षपूर्ण व्यापारिक जीवनमा आफ्नो आमा र अहिलेका साँझेदार व्यापारका साथी सज्जु अन्सारीलाई कहिले नभुल्ने बताउनुहुन्छ पुजा ।




Milan Shrestha । १० बैशाख २०७५, सोमबार ०२:४९ बजे