
२०४२ साल चैत्र २१ गतेका दिन काठमाणडौंको पाटन अस्पताल मा आमा उर्मिला तथा रामेश्वर मानका छोरा भएर सुमितको यस संसारमा पर्दापण भएको हो ।
बाल्यकालमा निकै नै चकचके रहनुभएका सुमितले दुख गर्नुपरेको छैन । युवा अवस्थामा आए देखि सुमित टेक्निकल लाइनमा रुची भएकाले करिव दश बर्षबाट टेक्निकल क्षेत्रमा हुनुहुन्छ ।
अझै पनि यस क्षेत्रमा केही गर्नकालागि आफ्नो देश भन्दा बाहिर गएर नयाँ कुरा सिक्न मन रहेको उहाँ बताउनुहुन्छ ।
राजधानीमा नयाँ नयाँ सपना बोकेर आउनुहुने युवापुस्ता साथीहरुलाई सुमितले राजधानीमा धेरै कुराहरु रहेको र त्यसलाई आफूले राम्रो संग कार्यान्यवन गर्न सके जिवन जिउन कठिन नहुने सल्लाह दिनुहुन्छ ।
हाल अविवाहित रहनु भएका सुमित Micromax Mobile को नेपालकालागि सर्भिस सेन्टर इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टरमा सर्भिस प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।
सुमितलाई [email protected] मा भेट्न सकिन्छ



Prawash Kumar Shakya । ३१ बैशाख २०७३, शुक्रबार ०३:१७ बजे