नेपालको पूर्वी भेगको सर्लाही जिल्लाको हरिओन मा आमा रितादेवी सुबेदी र बुवा ध्रुवप्रसाद सुबेदीले २०४९ साल मंसिर ५ गते कान्छो सुपुत्रको रुपमा उहाँलाई यस धर्तिमा पर्दापण गराउँनु भएको हो ।
सानोमा प्राय बालबालिकाहरुमा छुकछुके र चकचकेपन हुने गर्छ नै त्यो पनले विकेशलाई पनि नछोडेको उहाँ बताउनु हुन्छ
बिधालय तहको अध्ययनको शिलशिला विभिन्न सपनाहरु बोकी उहाँ २०५८ सालमा राजधानी काठमाण्डौं छिरेको सम्झना गर्नुहुन्छ ।
राजधानीमा विकेशले अध्ययन गर्नुभएको ललितपूरको पाटन उमाविमा विद्यालयका हरेक कार्यक्रममा मन खोलेर सहभागी हुने र जहिले पनि पहिलो र दोश्रो स्थानमा आउने गरेको स्मरण गर्नुहुन्छ ।
सानै देखि अरु भन्दा अलि फरक सोच र जिज्ञासु स्वभावका विकेश नयाँ साथीहरु बनाउन र घुमफिर गर्न रुचाउनुहुने विकेश विषेशत फोटोग्राफी र सूचना प्रविधीमा अत्याधिक रुची राख्नुहुन्छ ।
आफू पत्रकारिताको विद्यार्थी समेत भएको र भविष्यमा एक कुशल पत्रकार प्राविधिक बन्ने लक्ष्यका साथ देशकालागि केही गर्न सक्छु भन्ने आत्मविश्वासका साथ राजधानीमा संघर्ष गरिरहनुभएको विकेश बताउनुहुन्छ ।स्नातक तह नेपाल मानविकी क्याम्पस (आर.आर) मा अध्ययनरत विकेश राजधानीको महंगो जिवन जिउने भिडभाडमा इलेक्ट्रोनिक कन्सर्न एण्ड रिसर्च सेन्टर न्युरोड काठमाडौंमा जागिरे रहनु भएको छ ।
प्रस्तुतिः प्रवाशकुमार शाक्य





Milan Shrestha । २९ फाल्गुन २०७२, शनिबार ०३:०४ बजे