२०४४ बैशाख ११ गते आमा पद्मावती तथा बुवा देवकीनन्दन त्रिपाठीका कान्छो छोरा भएर उहाँले बर्दिया जिल्लाको बाँसगढीबाट यस संसारमा पर्दापण गर्नुभएको हो ।
विडम्बना भनौं या भाग्यको खेल उहाँ ११ दिनको हुदाँ
उहाँ जन्मजात नै दृष्टिविहिन भएको कुरा उहाँका परिवारले थाहा पाउँदा उहाँको परिवार निकै दुखद अवस्थामा भएको कुरा उहाँ बताउनुहुन्छ ।
तर शेखरले केही छायाँ देख्ने र रंगहरु छुट्याउन सक्नुहुन्छ । बाल्यकालमा उहाँ साथीहरुसंग खेल्दा प्राय जसो कुराहरु ठम्याउन नसक्दा आफू साँच्चै नै राम्रो सँग देख्न नसकेको उहाँलाई आभाष भएको बताउनुहुन्छ ।
सानै उमेरबाट खोला बन जंगलको वातावरण मनपराउनु हुने शेखर गलतकामबाट जहिले पनी डराएको बताउनुहुन्छ ।
शुरुवातताका संगितमा निकै नै रुची रहेका शेखर संगित सिक्नकालागि राजधानी काठमाडौं जाने मनसाय भएपनी शारिरिक अवस्था एवं आमाको मायाले उहाँ काठमाडौं जान नसकेको उहाँ बताउनुहुन्छ । किनभने राजधानीमा जताततै भिडभाड हुने जहाँ सपाङ्गलाई त बाटो काट्न गाह्रो हुने ठाउँ त्यस्तो ठाउँमा शेखरले कसरी काम सिक्न सक्छ होला भनेर घरपरिवारले सोचेका हुनाले एक्लै जान नसकेको उहाँ बताउनुहुन्छ ।
संगितपछि भने साहित्यमा उहाँको कलम चलेको हो । विषेश गरि मुक्तकमा कलम चलाउन माहिर हुनुहुन्छ । शेखर करिव १५ बर्षको उमेर देखि साहित्यमा कलम चलाउन थालेको बताउनुहुन्छ ।
शेखरको दृष्टि फर्काउनकालागि शेखरका आमाबुवाले आफ्नो आर्थिक अवस्था कमजोर भएपनी भारत र नेपालका धेरै जसो अस्पतालमा धाएर कोशिस गर्दापनि दृष्टि फर्काउन नसकेको उहाँ बताउनुहुन्छ ।
जिन्दगीमा विर्सन नसक्ने क्षणमा उहाँ आफ्नो दृष्टि फर्कन सक्छ कि साईबाबाको शक्तिको बारेमा सुनेर आफू भारतको बैङ्गलोरमा भगवान साई बाबाको शरणमा गएर पनि सफल हुन नसक्दाको क्षणलाई उहाँ कहिले विर्सन नसक्ने बताउनुहुन्छ ।
उहाँ हाल बर्दियाको बाँसगढी नगरपालिकाको राजीपुरको विश्वज्योति नमुना विद्यालयमा नेपाली विषय पढाउने गर्नुहुन्छ ।
शेखरको जिन्दगीको लक्ष्य भनेको नै आफ्नो बुवाआमालाई सँधैं खुशी राख्न र आफूले पाएको शिक्षाको ज्योती चारैतिर छर्न अग्रसर हुने बताउनुहुन्छ ।
हाल विएडको अध्यन सकि डिग्रीको अध्ययन गर्न लाग्नु भएका शेखरको कसैको पनि घरपरिवारमा मेरो जस्तो किसिमको दुख नपरोस भन्ने भावना छ । तरपनि प्राकृतिले नै दिएपछि कसैको जोड नचल्ने उहाँको कथन छ ।
(आफ्नाबारेमा भनिरहदाँ शेखर निकै भाबुक भै आफ्ना नयनबाट आशु झार्दै हुनुहुन्थ्यो)
प्रस्तुतिः प्रवाशकुमार शाक्य



Prawash Kumar Shakya । ३ असार २०७३, शुक्रबार १७:२६ बजे