धर्मराज गिरी


dddd
२०३१ साल भाद्र १२ गते सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगर नगरपालिकाको हिलेखालीमा आमाबुवा चन्द्रा देवी तथा तुलाराम गिरीको कोखबाट यस धर्तिमा धर्मराज गिरिले पर्दापण गर्नुभएको हो ।

बाल्यकाल देखि नै साँस्कृतिक फाँटमा रुची राख्नुहुने गिरी कक्षा ४ मा पढ्न वेला देखि नृत्य क्षेत्रमा प्रवेश गरेको सम्झनु हुन्छ । त्यति वेला सुर्खेतकै लाटिकोइली स्कूलमा शिला गुरुङ्ग सँग नृत्य गरेको बताउनुहुन्छ ।

आफ्नो रुची विषेशत नृत्य रहेपनि हाल आफूमा भएको कला शिपलाई उहाँले गित संगितमा पनि पस्केको बताउनुहुन्छ । नृत्य मात्र नभएर गिरी खेलकुद तर्फपनि रुची रहेको उहाँ बताउनुहुन्छ । भलिबल खेलमा २ पटक राष्ट्रिय खेलमा सहभागी
भएको उहाँ बताउनु हुन्छ ।

२०४५ सालबाट नृत्य क्षेत्रमा लाग्नुभएका गिरी सुर्खेतका स्व. टेकराज भारतीलाई आफ्नो गुरु मान्नुहुन्छ । नृत्यमा खप्पिस गिरी आफुले शुल्क लिएर नृत्य न सिकाउने बताउनुहुन्छ । विभिन्न विद्यालहरुले कार्यक्रममा नृत्य जिम्मा दिँदा आफुले दिलो ज्यान दिएर अहिलेपनि नृत्य निर्देशन गरिरहेको उहाँ बताउनुहुन्छ ।dd

२०७२ साल देखि स्थानीय श्रोत साधनमा तिज गीत बजारमा ल्याउनुभएका गिरीले भने यसपटकबाट उच्च क्वालिटिको लागि काठमाडौंबाट तिज गित बजारमा ल्याएको बताउनुहुन्छ ।

अहिलेको प्रविधिले गर्दा गितसंगितमा लागेर बाच्न नसकिने अवस्था रहेपनि आफ्नो शोखकालागि र केही सकारात्मक सन्देश दिनकालागि आफू गितसंगितमा लागेको बताउनुहुन्छ । यस्कालागि परिवारबाट पनि भरपूर सहयोग पाएको उहाँ बताउनुहुन्छ ।

नयाँ पिढीकाकालागि गिरीले कुनै क्षेत्र चाहे त्यो कला होस कि अरु कुनै जुनै क्षेत्रमा लागेपनि एकमात्र विधामा लागेका सफलता प्राप्त गर्न सकिने उहाँ आफ्नो अनुभव रहेको बताउनुहुन्छ ।

आफूलाई कला क्षेत्रमा आफ्नो जागिर संस्था काँक्रविहार यातायात व्यवसायी संघका सम्पूर्ण साथीहरु सहयोग गरेको बताउनु हुने गिरी कला क्षेत्र कहिले नछोड्ने प्रण गर्नुहुन्छ ।

https://www.youtube.com/watch?v=fcQhM475sb0