

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको हो ।
काफ्लेले बर्दिवास ९ को रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत १० लाख रुपैयाँ ऋण दिने भन्दै सो को ५ प्रतिशत घुस मागेको अख्तियारले जनाएको छ ।
यसअघि काफ्ले जिल्ला प्रहरी कार्यालय महोत्तरीले बैंकको सेवाग्राहीको खाताबाट नक्कली चेक बनाई बिभिन्न शाखाबाट ४० लाख रुपैयाँ निकालेको आरोपमासमेत पक्राउ परेका थिए ।
बैंकिङ कसुर गरेको अभियोगमा काफ्लेसहित शाखाका अन्य कार्मचारीहरुमाथि मुद्दा जिल्ला अदालत महोत्तरीमा विचाराधीन रहेको छ । अनलाइन खबर बाट
Milan Shrestha । १० बैशाख २०७५, सोमबार ०९:३७ बजे