आरोप लागिसक्यो, अदालतको निर्णय स्वीकार्छुः आचार्यश्रीनिवास


श्री निवासाचार्य भन्छन्ः आरोप लागिसक्यो, अदालतको निर्णय स्वीकार्छु२५ बैशाख, विराटनगर । आफ्नै योजनामा आफैलाई गोली हान्न लगाएको अभियोगमा पक्राउ परेका हिन्दु धर्मगुरु श्री निवासाचार्यले अदालतबाट आउने निर्णय मान्न आफू तयार रहेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट जिल्ला प्रशासन कार्यालयमा म्याद थपका लागि लगिएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

‘ममाथि आरोप लागिसक्यो’, थकित मुद्रामा देखिएका उनले जिल्ला प्रशासन परिसरमा सञ्चारकर्मीहरुसँग भने, ‘अब अदालतको निर्णय स्वीकार्छु ।’

उनीमाथि गोली प्रहारमा संलग्न नवलपरासीका माधव चौधरी र चिवतनका लक्ष्मीराज अधिकारीमाथि भने प्रहरीले यही २० गतेदेखि नै लागू हुने गरी अदालतबाट म्याद थप गरेर ज्यान मार्ने उद्योगमा मुद्दा अघि बढाएको छ ।

अन्नपूर्णपोष्टबाट