
उदयपुर– सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पूर्वराजा ज्ञानेन्द्र शाह र तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उजुरी परेको छ। १० वर्षे द्वन्द्वक्रममा भएका घटना छानबिन गर्न बनेको आयोगमा स्थानीय शान्ति समिति कार्यालयमार्फत उनीहरूविरुद्ध उजुरी परेको हो।किरातीको उजुरीमाथि छानबिन गर्न कारबाहीका लागि आयोगमा पठाइएको समितिले जनाएको छ। किटानीसहित दिएको उजुरीमा तत्कालीन राजा शाह र प्रधानमन्त्री देउवामाथि छानबिन गरी कारबाही हुनुपर्ने र आफू सहितका पीडितले न्याय पाउनुपर्ने जिकिर गरिएको छ।
अर्का घाइते बेल्टार–बसाहा नगरपालिकाका धनबहादुर राईले घरायसी कामको सिलसिलामा उदयपुरकै पोखरी पुगेका बेला शाहीकालमै ९०५९ सालमा० तत्कालीन सेनाले दाहिने हातमा गोली हानेर आजीवन अपांग र घाइते बनाएको किटानी जाहेरी दिँदै कारबाही माग गरेका छन्। सचिव चौधरीका अनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोगमा अहिलेसम्म १ सय २९ र बेपत्ता व्यक्तिको छानबिन आयोगमा २३ वटा उजुरी परेका छन्।
तत्कालीन राजा वीरेन्द्रको वंश नाशपछि ज्ञानेन्द्र राज्य प्रमुख भएका बखत देउवा दुई पटक प्रधानमन्त्री भएका थिए। माओवादी युद्ध चर्किएको सो समयमा धेरै नेपाली दाजुभाइले ज्यान गुमाएका थिए। अङ्गभंग भएका थिए।
साभारः नागरिक अनलाइन



Prawash Kumar Shakya । २४ जेष्ठ २०७३, सोमबार ०३:०५ बजे