४ फागुन, काठमाडौं । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएको छ । अपरान्ह बसेको आयल निगमको बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी हवाइ इन्धनको मूल्यमा प्रतिलिटर ५५ रुपैयाँ घटाएको हो ।यसअघि आन्तरिक उडानतर्फ १ सय ६४ रुपैयाँ ८८ पैसा रहेको हवाइ इन्धनको मूल्य अब १ सय ९ रुपैयाँमा झरेको छ ।
तर, पेट्रोल डिजेल र मटि्टतेल लगायतका इन्धनको मूल्य घटाउनेबारे बैठकमा कुनै छलफल नभएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेलेे अनलाइनखबरलाई जानकारी दिए ।
तर, पेट्रोल डिजेल र मटि्टतेल लगायतका इन्धनको मूल्य घटाउनेबारे बैठकमा कुनै छलफल नभएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेलेे अनलाइनखबरलाई जानकारी दिए ।नाकाबन्दीको समयमा भारतबाट पेट्रोलिमेक्सले ल्याएको हवाइ इन्धन महंगो किन्नु परेको भन्दै अघिल्लोपटक निगमले हवाइ इन्धनको मूल्य सामान्य मात्र घटाएको थियो ।
यसैगरी आयल निगमले बाह्य बिमान कम्पनीहरुका लागि इन्धनको मूल्य प्रति किलोलिटर ९ सय ८१ डलर कायम गरेको छ । यसअघि १५३० डलर रहेको बाह्य तर्फको मूल्य समायोजन गर्दा ५ सय ४९ डलर घटेको छ ।
आयल निगमले बाह्य बिमान कम्पनीका लागि सोमबारदेखि हवाइ इन्धन बेच्न थालेको थियो । प्रवक्ता घिमिरेले पेट्रोल डिजेल र मटि्टतेलको मूल्य समायोजन गर्न तत्काल कुनै तयारी नगरिएको बताए । दुईसाताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै सस्तोमा किनेर महंगोमा तेल नबेच्न र अन्तर्राटि्रय मूल्य अनुसार नै मूल्य समायोजन गर्न निर्देशन दिएका थिए । तर, आयल निगमले कुल सञ्चित नोक्सानीको भरपाई गर्ने गरी किनेको भन्दा नकै महंगो मूल्य राखेर तेल बेचिरहेको छ । वाषिर्क रुपमा ठूलो नाफामा रहेको निगमले त्यसैबाट कर्मचारीलाई बोनस खुवाउन रकम भने छुट्याएको छ ।
साभारः अनलाइन खबर



Milan Shrestha । ४ फाल्गुन २०७२, मंगलवार १३:०० बजे