
१ असार, सुर्खेत । कोरोना भाइरसको दोश्रो चरणको भेरियन्टको महामारीले आक्रान्त भैरहेको अवस्थामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली स्वयम् सेवक दल गठन गरिएको छ ।
स्वयम् सेवक दल गठन हुने वित्तिकै दलले सिटी बसपार्कको बाहिर नागरिक सहायता कक्ष सञ्चालन गरेको दलका अध्यक्ष सुदर्शन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो पहिलो कार्यमा नागरिक सहायता कक्ष र मास्क बैंकको शुभारम्भ गरेका छौं । साथै हाम्रो समूहमा कुनै पार्टी विषेश नभएर स्वयम् सेवामा दत्तचित्त भएर काम गर्ने यूवाहरु हुनुहुन्छ ।’
हाम्रो यो समूहमा सामाजक सञ्जालबाट काम गरिरहेको मोटे ग्याङ्ग नेपाल, कोभिड जित्दै छ कर्णाली, सुर्खेती कोभिड १९ सेल्फहेल्फ समूह, विपतका सारथी कर्णालीका यूवा लगाएतको समहुका सदस्यहरु रहेको दलका संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
हामीले राउटे महिला माथि गरिएको यौन दुर्व्यवहारको विरोध गर्दै सामाजिक विकास मन्त्रालयका मन्त्री यज्ञबहादुर वि.सी.लाई ज्ञापनपत्र बुझाएका थियौ भने गत शनिवार सम्पन्न कोभिड १९ को भेरोसेल खोप लगाइने अभियानमा वीरेन्द्रनगरका विभिन्न वडाहरुमा स्वयम् सेवकिय कार्य पनि गरेका थियौं । अध्यक्ष श्रेष्ठले भन्नुभयो “हाम्रो दलको कार्य प्रदेशका १० जिल्लामा हुने गरि हामीले सस्था विस्तारको काममा लागेका छौं । अहिले हामी विषेश गरेर प्रदेश राजधानी वीरेन्द्रनगरमा केन्द्रित भएका छौं हामी चाँडो भन्दा चाँडो १० दशै जिल्लाका वडा तह देखि नै दल गठन गर्ने तयारीमा लागेका छौं ।”
कर्णाली स्वयम् सेवक दलको मुख्य उदेश्य मानव कल्याण, सुख तथा खुशीको लागि समाज सेवा गर्ने । सुशासन युक्त सुसंस्कृत समाज र समुदाय स्थापित गर्ने । राज्यको शासन प्रणालीमा सहयोगीको भूमीका निर्वाह गर्ने । र युवा जगतमा बलीयो आशा एवं आत्म बिस्वास जागृत गराउने । रहेको अध्यक्ष श्रेष्ठ बताउनुभयो ।




Prawash Kumar Shakya । १ असार २०७८, मंगलवार १४:०९ बजे