साउन २४, सुर्खेत ।
कर्णाली प्रदेश सभा सदस्य शोशिला शाहीले प्रदेस सरकारको अनुभव सम्हाली रहेको बताउनु भएको छ ।
पहिलो पटक सभासद बनेकी शाहीले सरकार संचालन र प्रतिपक्षिको भूमिका निर्बाह गर्ने सिकाई सिकिरहेको बताउनु भएको हो ।
राष्ट्रि«य प्रजातन्त्र पार्टीकि संसदिय दलकी नेता समेत रहेकी शाहीले प्रदेश सरकारमा प्रतिपक्षका दृष्टिले नहेरीएको अनुभव सुनाउँदै प्रदेशको समृद्धिका सवालमा साझा सहमति हुने गरेको सभासद शाहीको भनाई छ ।
प्रदेशका सबै जिल्लाहरुको बस्तु स्थितिका बारेमा जानकारी नभएकाले कुन जिल्लामा के को आबस्यकता छ भन्ने बारेमा पुरा जानकारी नभएकाले बिकासे योजनाहरु बाँडफाँडमा ठाउँ छनौट गर्न केही कठिनाई भएपनि मन्त्री र सरकारसँगको सहकार्यमा काम भइरहेको उहाँको भनाई छ ।
प्रदेश सरकार सँग सम्बन्ध राम्रो भएपनि स्थानीय निकायहरुले भने बेवास्ता गर्ने गरेको दुखेसो सुनाउनु भयो । प्रदेश सरकारमा सभासदको भूमिकाको पूर्ण उपयोग भएको तर कालीकोटका स्थानिय निकायहरुले मात्रै बेवास्ता गर्ने गरेको उहाँको दुखेसो छ ।
त्रिरत्ना मिडियासँगको कुराकानीमा सांसद शाहीले स्थानिय निकायले नबुझेर हो या राष्ट्रि«य प्रजातन्त्र पार्टी भनेर हो बेवास्ता गर्ने गरेको अनुभव सुनाउनु भयो ।
नयाँ अबसर हो, सबै कुराको ज्ञान नभएपनि सिक्ने र ब्यबहारमा लागु गर्ने क्रमलाई निरन्तरता दिइरहेको सांसद शाहीको भनाई छ ।



Milan Shrestha । २४ श्रावण २०७५, बिहीबार ०८:०४ बजे