मुख्यमन्त्रीको कार्यालयबाट हुने कार्यक्रमको खर्चमा कमिशनको चलखेल


फागुन ३, सुर्खेत ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीको कार्यालयद्वारा आयोजना हुने कार्यक्रमहरुमा पनि कमिसनको चलखेल हुने गरेको पाइएको छ । मुख्यमन्त्रीको कार्यालयबाट सञ्चालन गरिने हरेक कार्यक्रमहरुमा सरकारी निकायका कर्मचारीहरुले खाजा, खाना, चिया तथा स्टेसनरी सामानहरु खरिद गरे बापत सरकारी कर्मचारीहरुले कमिसन लिने गरेको कार्यालय श्रोतले बताएको छ ।

कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषदको बैठक बस्ने निर्धारित समय भन्दा ढिला पुग्ने गरेका प्रमूख सचिव रामप्रसाद थपलियाको अगुवाईमा मुख्यमन्त्री कार्यालयको आयोजनामा सञ्चालन हुने हरेक कार्यक्रमहरुको खाना, खाजा, चिया र स्टेशनरीहरुमा पनि उनिहरुले अनियमितता गरेको मन्त्रालयका एक कर्मचारीले नाम नलिने शर्तमा जानकारी दिएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्रीले कार्यालयको दैनिक काम कार्बाहीका लागि सहज बातावरणमा काम गर्न आग्रह गर्दा पनि मुखमा हुन्छ भन्ने ब्यबहारमा ५ मिनेटको काम गर्न बिभिन्न बाहनामा एक हप्ता बढि समय लगाउने प्रमूख सचिवले सरकारको बर्ष दिन पुगेको अबसरमा आयोजीत कार्यक्रम सकिएको  करिव आधा घण्टा पछि मात्रै सहभागीहरुका लागि खाजा मगाएका थिए । यस्तो पनि हुन्छ त भन्न पत्रकारहरुको जिज्ञासामा एक कर्मचारीले हाम्रो हातमा केही छैन, जे छ उपरवालेको हातमा छ भनेर उम्किने प्रयास गरेका थिए ।