५ चैत्र, सुर्खेत
नेपाल मजदुर किसान पार्टी निकट क्रान्तिकारी युवा संघको छैठौं राष्ट्रिय सम्मेलन सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ । सम्मेलन उद्घाटन अघि मंगलगढी चोकवाट बाजाजागा र विभिन्न झाँकीसहित सुरु भएको र्रयाली बजारका विभिन्न भाग हुदै सम्मेलन उदघाटन स्थल खुलामञ्च पुगेको छ ।
३ दिनसम्म चल्ने राष्टिय सम्मेलनको उदघाटन गदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे रोहितले भारतमाथीको परनिर्भरता घटाउनु पर्नेमा जोड दिदै परनिर्भरताकै कारण नेपाली जनताले दुख पाइरहेको वताउनु भयो ।
त्यस्तै देशमा रहेको साधन स्रोतको उचित प्रयोग गदै आर्थिक रुपमा सम्पन्न हनुपर्नेमा जोड दिदै उहाँले लडाइले नभर्इ आर्थिक सम्पन्ताले मात्र भारतलार्इ झुकाउन सकिने दावी गर्नुभयो । करिव २० मिनेट जति वोल्नु भएका अध्यक्ष रोहितले पुरै समय भारतले नेपालप्रति गदै आएको व्यवहारको आलोचनामा खर्चदै देशको स्वाधिनता वचाउन सवै एकजुट हनुपर्नेमा जोड दिनुभयो ।
उहाँले देशको विकास र राष्ट्रिय स्वाधिनताको रक्षाको लागि अव युवाहरु अघि सर्नुपर्ने समेत वताउनु भयो । नेपाल मजदुर किसान पार्टीका सचिव सुनिल प्रजापतिले ठुला दलहरुको गैरजिम्मेवारीपन र वैदेशिक हस्तक्षेपको कारण तरार्इमा अशान्ति फैलिएको वताउनु भयो । तरार्इलार्इ टुक्रयाउनको लागि विभिन्न षडयन्त्रहरु भइरहेको भन्दै उहाँले नेपालका शासकहरु जनताको मर्म अनुसार नभर्इ विदेशीको इसरामा चल्दै आएको उल्लेख गर्नुभयो ।
यस्तै नेपाल क्रान्तिकारी महिला संघका अध्यक्ष तथा साँसद अनुराधा थापामगरले ठुला दलहरु सामन्तवादकै पक्षपोणण भएको कारण जनताले दुख पाइरहेको आरोप लगाउनु भयो ।
कार्यक्रममा क्रान्तिकारी श्रमिक संघका अध्यक्ष नवराज कोइरालाले हिमाल, पडाड र तराइलार्इ समेटेर प्रदेशहरु निर्माण गरिनु पर्नेमा माग गर्नुभयो । यस्तै क्रान्तिकारी किसान संघका अध्यक्ष डिल्लीप्रसाद काफ्ले, केन्द्रीय सदस्य दिनेशप्रसाद शाह, नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष निरज लबजू, क्रान्तिकारी शिक्षक संघका उपाध्यक्ष पूर्ण धिताल, नेमकिपा सुर्खेतका अध्यक्ष मणिराम तिवारी, क्रान्तिकारी युवा संघका सल्लाहकार जग्यवहादुर शाही लगायतले सम्मेलनको सफलताको कामना गर्नु भएको छ ।
कार्यक्रम नेपाल क्रान्तिकारी युवा संघ छैठौं राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक उकेश कवाँको सभापतित्वमा भएको हो ।





Milan Shrestha । ५ चैत्र २०७२, शुक्रबार १४:२५ बजे