न्यायलयबाटै न्याय पाउदैनन पिडीत


कात्तिक २९,जुम्ला

दिलमाया शाही

जुम्लाका अधिकांश पिडित नागरिकहरुले न्याय पाउने निकायबाटै न्याय नपाएको गुनासो गरेका छन । जुम्लामा पछिल्लो दुई महिनामा ५ भन्दा बढि बलात्कारका घटना भएका छन् । यस्तै नयाँ शक्ति नेपालका पुर्व जिल्ला संयोजक राधाकृष्ण बुढ्थापाको रहस्यमय मृत्यू, चन्दनाथ नगरपालिका ४ मालाभिडका गाडि व्यवसायी लक्ष्मीप्रसाद उपाध्यायको निधन लगायतका विभिन्न घटनाहरुले तरंगित भएका पिडीत आफन्तले न्यायदिने निकाय बाटै न्यायनपाएको गुनासो गरेका छन ।

त्यस्तै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले बिहिबार आयोजना गरेको मानव अधिकारको अवस्था बिषयक बैठकमा जुम्लाको मानव अधिकारको अवस्था खस्कदै गईरहेको पाईएको छ ।अनौपचारिक सेवा केन्द्र र्-इन्सेक) कर्णाली प्रदेशले जुम्लामा पत्रकार र नागरिक समाजहरुविच मानव अधिकारको अवस्था बिषयमा ्कार्यक्रम थियो ।त्यस्तै जुम्लामा हत्या हिंसा र बलात्कार बढि रहनु मानवअधिकारको अवस्था राम्रो नभएको बैठकका सहभागिहरुले बताएका छन् ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष बरमबहादुर महतले हत्या हिंसा, बलत्कार, चोरी तथा महंगी बढिरहेको हुदा मानव अधिकारको अवस्था खस्कदै गएको बताउनुभयो । उहाँले संघीयता पछि विकास निर्माणका सवालमा पनि पत्रकारिता क्षेत्र बेखबर रहेको बताउनुभयो ।

त्यस्तै नागरिक समाज जुम्ला सचिव सरोज शाहीले हत्या हिंसाका घटानहरु बढिरहेका छन्। महंगीले सिमा नाघेकोछ, सेवा प्रवाहमा ढिलाई तथा हवाई जहाँजमा पहुँचवालाहरुले मात्र न्याय पाउने गरेको बताउनु भयो ।, नेपाल पत्रकार महांसघका सचिव डिवि बुढाले पछिल्लो समयमा बलात्काकारका घटनाको जुम्लामा स्वास्थ्य परीक्षण हुन नसक्नु, दुखत पक्ष भएको बताउनु भयो । उहाले भन्नु भयो स्वास्थ्य परिक्षण छिटो नभए बलत्कारले न्याय नपाउने देखीन्छ ,।

पत्रकार कृष्णमाया उपाध्यायले महिला हिंसाका घटनाहरु बढ्दै गईरहेको, बताउनु भयो उहाले भन्नु भन्नुभयो, केही स्थानीय तहका वडा कार्यालय तथा गाउँपालिका केन्द्र टुंगो नलागेका कारण सेवा प्रवाहमा समस्या भएको बताउनुभयो ।

इक्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले अव कर्णाली प्रदेशको मानव अधिकारको अवस्थाका बिषयमा इन्सेक थप क्रियाशिल भएर लाग्ने बताउनुभयो । उहाले भन्नुभयो, जिल्लाको बास्तविक अवस्थाको बिषयमा सरोकारवाला निकायहरु सँग छलफल तथा समन्वय गर्ने समेत बताउनुभयो ।