
१२,पौष सुर्खेत । व्यवसायमा देखिएका समस्याहरुको बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । बिहीबार सामाजिक उद्यमी महिला संजाल नेपाल (सेवा नेपाल)को आयोजनामा कर्णाली प्रदेश स्तरिय संजाल बैठक र स्थानीय सरोकारवालानिकायसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । सामाजिक उद्यमी महिला सहकारी संस्थाले संचालन गरेका व्यवसायहरुमा देखिएका समस्याहरुको बारेमा छलफल गर्नुको साथै स्थानिय सरकारले सामाजिक उद्यमी महिला संजाल नेपालसंग साझेदारीमा गर्न सक्ने कार्यक्रमको बारेमा जानकारी गराइएको थियो ।
वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालको प्रमुख आतिथ्यता र सेवा नेपालको अध्यक्ष पार्वती न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपालको अवधारणा, उद्देश्य र कार्य पद्धतिको बारेमा जानकारी गराइएको थियो ।
सामाजिक उद्यमी महिला संञ्जाल नेपाल (सेवा नेपाल) सामाजिक उद्यमी महिला सहकारी संस्थाहरु सदस्य रहने गरी स्थापना भएको एक गैरसरकारी तथा गैर नाफामूलक संस्था हो । यस संस्थामा हालसम्म ६ वटा प्रदेशका १९५ वटा सामाजिकउद्यमीमहिला सहकारी तथा कृषि र पशु सहकारी संस्थाहरु सदस्य रहेका छन् । सेवा नेपालमा ग्रामिण क्षेत्रमा कृषि र पशुमाआधारित—गाई भैंसी पालन, तरकारी खेती, बाख्रापालन, कुखुरा पालन, केरा खेती, विउ तथामलखादउत्पादन, जडिबुटी उत्पादन, जस्ता उद्योग तथाव्यवसायमा सम्लग्नउद्यमीमहिलाहरु रहेका छन् ।
सेवा नेपालले कृषि तथा पशुपालनव्यवसायमा आवद्ध सदस्य संस्थाहरूलाई प्राविधिक, बजारीकरण, आर्थिक पहुँच, बिमा कार्यक्रम र उत्पादन समाग्री सहयोग, समन्वय र संस्थाको सबलकिरणलगायतका सेवाहरु दिदै आएको छ ।

कार्यक्रमका अतिथि एवंम् हेफर इन्टरनेशनल परियोजना नेपालका वरिष्ट कार्यक्रम अधिकृत श्री प्रदिप शर्माले संस्थाको परिकल्पना : “समुन्नत समाज–समृद्ध सदस्य”को बताउनु भयो । शर्माका अनुसार, सेवा नेपालले कृषि र पशुपालन व्यवसायमा सम्लग्न सामाजिक उद्यमीहरुको समुदाय, समूह, संगठन र सञ्जालको संस्थागत विकास तथा नेतृत्व विकास गर्ने,प्रारम्भिक सहकारीहरुको संस्थागत विकास र क्षमता विकासमा सहजीकरण गर्ने, सहकारीहरुको सुशासन र आर्थिक पारदर्शिताका लागि सहजिकरण गर्ने,संस्थालाई सहकारीको सुशासन, वित्तिय व्यवस्थापन र संस्थागत विकासको श्रोतकेन्द्रको रुपमा विकास गर्दै लैजानु का साथै कृषि उपजहरुको प्रशोधन, प्याकेजिङ्ग, ब्रान्डिङ्ग गरि बजारिकरण गर्ने,संस्थाको रणनीतिक योजना तयार गर्ने र प्रदेश स्तरिय संजालको कार्यालय स्थापना गर्ने भावी योजना रहेको छ ।



Milan Shrestha । १२ पुष २०८०, बिहीबार २०:५३ बजे