
पौष ३०, सुर्खेत ।
शैक्षिक, प्रशासनिक, पर्यटकिय शहर, स्वच्छ, समुन्नत वीरेन्द्रनगर भन्ने मुल नाराका साथ वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ को मैकल टोललाई सफा, स्वच्छ घर तथा पुर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको छ । घोषणा गरिएको टोलमा दलित र जनजाति समुदायको २५ घरधुरी बसोवास रहेको छ ।
घोषणा समारोहमा १४ नं. वडा अध्यक्ष एवम् खानेपानी सरसफाई स्वच्छता समन्वय समिति अध्यक्ष टोपवहादुर दर्लामीले वडाकै दुर्गम टोल भएता पनि पहिलो पुर्णसरसफाई उन्मुख टोल घोषणा भएकोमा खसी ब्यक्त गर्नुभयो । प्रत्येक टोलवासीले आफ्नो वासस्थान, कार्यस्थल वरीपरी, नदीनाला, मठमन्दिर, पाटीपौवा तथा सार्वजनिक स्थलको स्वच्छता र पवित्रता कायम राख्न मन, वचन र कर्मले निरन्तर लाग्नका लागि दर्लामीले आग्रह पनि गर्नुभयो ।
आगामिदिनमा समेत पलाष्टिक जन्यफोहरको पुर्नप्रयोग गर्नका लागिआवहनगर्नु भयो। यस समोरोहले अन्य टोल वासीलाई समेट सिकाइहुने बताउनु भयो । हाम्रो नगर, सफानगर हुनमा यस कार्यले सहयोग पुगेको दाविगर्नु भयो ।
गढि स्वास्थ्यचौकीकानविनपौडेलले दुषितखाना र पानीका कारण लाग्ने अधिकाँस रोग प्रत्यक्षमानवियव्यवहारसँग सरोकार हुने भएको हुदाँ यस अभियानले रोग न्युनीकरणमा सहयोग गर्ने जोड दिनुभयो साथै सरसफाई क्रियाकलापनिरन्तर चलिरहने प्रक्रियाभएको हुदाँआगामीदिनमाअझ सक्रिय रुप गर्नका लागि अनुरोध गर्नुभयो । आगामी दिनमा पुर्ण सरसफाई उन्मुख टोल रहि रहनका लागि टोलवासीमा अझ थप चुनौती थपिएकोले यसमा सजह हुनुपर्ने उहाँको भनाई थियो ।
सुआहाराका वास अधिकृत राजु चौधरीले टोलवासीको सक्रिय सहभागिता र सहयोगमा सरसफाई उन्मुख टोल घोषणा भएकोमा खुसी ब्यक्त गर्दै टोलबासीमा यो अभियान अझै सक्रियताकासाथ संचालन गर्न अनुरोध गर्नुभयो ।



Milan Shrestha । १ माघ २०७५, मंगलवार १०:३१ बजे