फागुन ९, २०७५ कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका १० टोटीकी सात वर्षीया रितु डगौरालाई विष खुवाएर मारेको आरोपमा हजुरबा हजुरआमा पक्राउ परेका छन्। ६० वर्षीय भर्थरी डगौरा र ४३ वर्षीया रेशमी डगौरा नातिनी हत्याको आरोपमा पक्राउ परेका हुन्। मृतककी आमा ज्योति डगौराले किटानी जाहेरी दिएपछि दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो।
गत माघ २२ गते भात खाएपछि रितुले लगातार बान्ता गर्न थालेपछि उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो। रेशमीले नातिनीसँग रिस उठेपछि बजारबाट विषादी किनेर ल्याई भातमा हालेर खान दिएको बयान प्रहरीलाई दिएकी छन्। बालिकालाई तरकारीमा छर्किने विषादी खान दिएको उनले बताएको इप्रका झलारीका प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताए।
‘विषादीको बट्टा घरबाटै बरामद गरेको उनले बताए। दुवै जनामाथि ज्यानसम्बन्धी कसुरमा अदातमा मुद्दा दर्ता गरेको र सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।
थाहाखबर अनलाइनबाट



Milan Shrestha । ९ फाल्गुन २०७५, बिहीबार ०९:१६ बजे