कर्णाली प्रिमियर लिग २ को तयारी पूरा


११ बैशाख, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भोलीबाट हुने दोस्रो संस्करण वाइवाइ कर्णाली प्रिमियर लिग केपीएल २ को उद्घाटन तयारी पूरा भएकोछ ।

२१ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभागीय टोली सहित छ टोलीले सहभागिता जनाउने भएका छन् । प्रतियोगिता संञ्चालनको लागी खेलमैदान मर्मत तथा सम्भार लगायतका सम्पुर्ण तयारी पुराभएको आयोजकले जनाएको छ ।

भोली हुने उद्घाटन खेलमा घरेलु टोली कर्णाली ११ र झाँपाको लालिगुराँस क्रिकेट एकेडेमी बीच प्रतिस्पर्धा हुनेछ । उद्घाटनमा एक खेलहुने भएपनि अन्य दिनमा भने दुई खेल हुने कर्णाली किक्रेट एकेडेमीका अध्यक्ष जिवन शाहीले बताउनु भयो।

आठ टिमलाई दुई समुहमा विभाजन गरेर प्रतियोगिता संञ्चालन गरिने शाहीले जानकारी दिनुभयो।

समुह ए, मा घरेलु टोली कर्णाली ११, नेपाल आर्मी, मध्यपश्चिम किक्रेट क्लव र लालिगुराँस क्रिकेट एकेडमी रहेका छन । यस्तै समुह बी, शसस्त्र प्रहरीको एपिएफ, महेन्द्रनगर किक्रेट एकेडेमी महेन्द्रनगर, युनाइटेड न्यु होराजन बुटवल र हिमालय किक्रेट एकेडेमी रहेका छन् ।

लिग–कम नक–आउटका आधारमा आयोजना हुने प्रतियोगितमा २ समुहबाट उत्कृष्ट २ टिम सेमिफाइनल पुग्ने छन् । लिगको विजेता र उपविजेताले क्रमशः पाँच लाख र दुईलाख सर्वउत्कृष्ट खेलाडीले ५० हजार उत्कृष्ट बलर र  ब्याट्सम्यानले समान २०/२० हजार पुरस्कार राशी पाउने आयोजकले जनाएको छ ।

यस्तै फाइनल खेलमा एक जना दर्शकलाई रनर कम्पनीको एउटा मोटरसाइकल उपहार दिइने र छक्का बल प्रहार समात्ने दर्शकलाई एक हजारको पुरुस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।