
२० बैशाख, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग केपिएल २ को उपाधिकालागि विभागिय टोली आर्मी र न्यू होराईजन बुटवल एकआपसमा भिड्ने भएका छन् । दोस्रो सेमिफाईलमा आर्मीले अर्को विभागिय टोली एपीएफमाथि एक विकेटको रोमान्चक जित दर्ता गर्दै उपाधि नजिक पुगेको हो ।
८७ रनको सामान्य लक्ष्य आर्मीले १७ दशमलव ओभरमा ४ ओभरमा ९ विकेट गुमाएर पुरा गरेको हो । खराव सुरुवात गरेको आर्मीकालागि सोमपाल कामी र जितेन्द्र मुखियाले उत्कृष्ट ब्याटिङ गर्दै जित दिलाउनु भएको हो ।
कामीले २२ बलमा ३१ रनको आक्रमण पारी खेल्दा मुखियाले १२ र रोहित कुमार पौडेलले पनि १२ रन जोड्नु भयो । एपीएफकालागि कमलसिंह ऐरी र यज्ञमान पुलामी समान दुई दुई विकेट लिनुभयो । समूह चरणमा अपराजित रहेको एपिएफले १८ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको हो । एपिएफकालागि सर्वाधिक ३० रन बनाउनु शरद भेषवाकरले ३० र १९ रन जोड्नु भएका भुवन कार्की सहित तीन जना खेलाडि रन आउन हुनुभएको हो ।
एपीएफलाई सस्तैमा समेट्न आर्मीका सोमपाल कामीले निकै किफायति बलिङ गर्दै तीन ओभरमा १० रन दिएर तीन विकेट लिदाँ सुसन भारीले दुई विकेट हात पार्नु भयो ।
आजै भएको पहिलो सेमिफाईनलमा न्यू होराजनले आयोजक कर्णाली एघारलाई तीन विकेटले हराउँदै फाईनलमा प्रवेश गरेको हो ।
वर्षा र हावाहुरीको कारण १३ ओभरमा छोट्याइएको खेलमा ६३ रनको समान्य लक्ष्य न्यू होराइजनले ११ दशमलव ५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । न्यू होराइजनका सुबेन्दु पाण्डेले १८ तथा निश्चल चौधरीले १०, बिशाल सुनारले पनि अविजित १० रन बनाउनु भयो ।
कर्णाली ११ का किशोर महतोले ३ विकेट तथा प्रकाश जैसीले २ विकेट लिएपनि जित दिलाउन सक्नुभएन । टस हारेर पहिले ब्याटिंग गरेको कर्णाली ११ ले कृष्ण कार्कीको सर्वाधिक ३३ रनसंगै ४ विकेट गुमाएर ६२ को योगफल तयार गरेको हो । १७ रनमा ३ विकेट कर्णालीकालागि कार्कीले आक्रामक ब्याटिंग गर्ने क्रममा ३१ बलमा ३ चौका र १ छक्का प्रहार गर्नु भयो ।
न्यू होराइजनका कप्तान शक्ति गौचनले तीन ओभरमा एक मेडन सहित मात्र ६ रन दिएर २ विकेट लिनुभयो। समूह चरणमा अपराजित रहदै राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको आर्मीलाई हराएको घरेलु टोली यो हारसंगै सेमीफाईनल बाटै बाहिरिएको छ ।



Milan Shrestha । २० बैशाख २०७६, शुक्रबार १८:४६ बजे