
३ चैत्र, सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर विसीले एक कार्यक्रमका वीच वीरेन्द्रनगर ९ लाटीकोइली सुर्खेत स्थित शिव माध्यमिक विद्यालयको ४ कोठे भवनको शिलान्यास गर्नुभएको छ ।
मन्त्री वीसीले कर्णाली अन्य जिल्लाहरु सहित प्रदेश राजधानीको यो विद्यालयमा पनि मन्त्रालयद्वारा भवन बनाउने योजना शुरु गरिएको बताउनुभयो ।
सरकारी विद्यालयहरुमा कर्णालीमा नै पहिलो कृषि तथा बाली विज्ञान अध्ययन गराइने यस विद्यालयमा अध्ययन गराउनकालागि अझ सहज होस भन्नकालागि नयाँ भवनको निर्माण थालनी गरिएको वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा अध्यक्ष सुरेश मानन्धरले बताउनुभयो । उहाँले भन्नुभयो “यो अहिले ४० लाखको योजना हो । समयानुसार विद्यालयलाई थप स्तरोन्नती गर्दै जानेछौ ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्मर विक्रम जिसीको सभापतित्वमा सम्मपन्न कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुबेदीले पनि आफ्नो भनाइ राख्नुभएको थियो ।
Prawash Kumar Shakya । ३ चैत्र २०७८, बिहीबार ०१:०५ बजे