एसओएसको स्थापना दिवसमा फूटवल खेल शुरु


१ असार, सुर्खेत । एसओएसका संस्थापक प्रो.डा. हर्मन माइनरको १०० औं जन्मजयन्ती तथा ७० औं अन्तर्राष्ट्रिय एसओएस स्थापना दिवसको अवसरमा एसओएस बालग्राम सुर्खेत र सुर्खेत जिल्ला फुटवल संघको आयोजनामा आइतवारदेखि अन्तरविद्यालय युङ १४ फुटवल प्रतियोगिता सुरु भएको छ ।

उद्घाटन खेल सैनिक आवासीय मावि र भ्याली म्यारिडियन वीच भएकोमा सैनिक आवासीयले १ का विरुद्ध ३ गोली गरी विजयी सुरुवात गरेको छ । सैनिक आवासीयका लागि भरत राना, बिजय थापा र सुवासविक्रम शाहले एक¾एक गोल गरेभने भ्याली म्यारिडियनबाट समीर केसीले एक गोल गरेको खेल संयोजक रमेशकुमार तुलाधरले जानकारी दिनुभयो ।

बालग्रामका निर्देशक मुकुन्दकुमार गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नं. ४ का वडाअध्यक्ष निलकण्ठ खनाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरी, एसओएस हर्मन माइनर विद्यालयका प्राचार्य जगदीश ढकाल, बालग्रामका सहनिर्देशक सुशीलमणि ज्ञवाली, सुर्खेत जिल्ला फुटवल संघका अध्यक्ष जनकबहादुर रावल, उपाध्यक्ष प्रमोद हमाललगायतको उपस्थिति थियो ।