गाउँपालिकाको पलाँता हरियाली अभियान


मनिराज पाण्डे

१९ श्रावण, कालिकोट । कालिकोटको पलाँता गाउँपालिकामा हरियाली तथा पानी संकलन अभियानको अन्तरगत गाउँपालिकाले ३४ हजार बिभिन्न प्रजातीका बोट बिरुवाहरु रोपेको छ ।

गाउँपालिकाका ४० भन्दा बढी सामुदायीक तथा कबुलियती वनमा कोइरालो, ओखर, टिमुर, अम्लीसो, चिउरी र नेपियर घाँसका विरुवाहरु रोपिएको हो ।

एक घर दश बिरुवा एक जनप्रतिनिधि बिस बिरुवा र एक कर्मचारी बिस बिरुवा लगाउने नीतिगत निर्णयगरि गाउँपालिका सम्बृद्धीको अभियानमा अघि बढेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो ।

गाउँपालिकाले एक वन एक सिचाइ पोखरी र हरियाली डाँडापाखा अभियान यसैबर्ष संचालन गर्ने भएको छ ।
सुख्खा र खडेरी ग्रस्त पलाँतामा बिरुवा रोपेर हरियाली बनाउदा कृषि उत्पादनमा बृद्धी हुने र कृषकको आयश्रोत बढ्ने हिमाली क्षेत्रका स्थानीय विकासलाइ उत्थानशिलमा बिषेश जोड परियोजना संयोजक बिजय बिश्वकर्माले बताउनुभयो ।

गाउँपालिकाले यसै बर्ष पानी संकलन पोखरी ४ वटा र हिउँ पानी संकलन पोखरी ५ वटा बनाउने तयारी गरिहरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताउनुभयो ।