भूकम्पबाट घाइतेहरुकालागि २० पिन्ट रगत रुकुमपश्चिम पुर्याइयो


२० कार्तिक, सुर्खेत । गएको शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्‍याग्निच्यूडको भूकम्पबाट पिडित घाइतेहरुकालागि २० पिन्ट रगत रुकुमपश्चिमको चौरजहारी अस्पताल पुर्याइएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतको समन्वयमा शनिवार १८ गते काँक्रेविहार क्लब, कम्प्यूटर एशोसियसन नेपाल महासंघ (क्यान) सुर्खेत, नेपाल बजार वितरक संघ सुर्खेत तथा रोटरी क्लब अफ सुर्खेतको संयूक्त आयोजनामा गरिएको रक्तदान कार्यक्रमबाट संकलित रगतहरु मध्य २० पिन्ट रगत नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाको सहयोगमा रुकुम पश्चिम अस्पतालमा पुर्याइएको समाजका सुर्खेत अध्यक्ष एवं केन्द्रिय सदस्य प्रवाश कुमार शाक्यले जानकारी दिनुभयो ।

शाक्य भन्नुहुन्छ “हामीले शनिवार विहान १ सय ४ पिन्ट रगत भूकम्प पिडित घाइतेहरुकालागि संकलन गर्यौ र त्यो रगत विरामीहरुको पहुँचमा छिटो पुगोस् भन्ने उद्देश्यले नेपाल रेडक्रसक सोसाइटीको सुर्खेतको सहयोगमा रुकुमपश्चिम अस्पतालमा पुर्यायौं हामी एउटैमात्र उद्देश्य भनेको रगतको कमीले कसैको ज्यान नजाओस भन्ने हो । हामीलाई यो कार्यमा सहयोग पुर्याउने क्वीक कम्प्यूटर सोलुसनका धर्मराज भण्डारी एवं श्रीगंगामाला देउती बज्यै आयल स्टोरका मनोज दाहाल, काँक्रेविहार क्लबका संरक्षक सुशिल शर्मा, रिकभरिङ्ग नेपालका कर्णाली प्रदेश अध्यक्ष ललित भट्टराई, वीरेन्द्रनगर ९ का पूर्व वडा अध्यक्ष सुरेश मानन्धरलाई धन्यवाद दिन्छु । साथै विपदको यो घडीमा तपाईपनि रक्तदान गर्न तयार म अनुरोध गर्दछु ।”

हेर्नुहोस् भिडियो यसरी पुर्याइयो रगत रुकुमपश्चिम