बिहानी झिसमिसेमा कसैले बोलाए पछी अलपत्र परे – गाएक सुकदेव


२० भदै सुर्खेत

“मेरो आँखा लोलायो  मेरो ज्यानै टोलायो मलाइ थाहा छैन कल्ले बोलायो ” सुकदेव अधिकारीको कल्ले बोलायो नामको  नया गीत बजारमा आएको छ ।

सुकदेव अधिकारी र मेलीना राइको स्वर ,रुद्र जी एमको लय शव्द र केशव बडुको एरेन्ज रहेको गीत भावना म्युजिक शोलुसनले भरखरै कल्ले बोलायो नाको गीत  बजारमा ल्याएको छ ।

पछिल्लो समयमा उदायीमान गाएक सुकदेव एक मिलनसार शान्त र सालिन ब्यक्तीमा चीर परिचीत हुनुहुन्छ । साथै उहाँको गायीकीको त कुरा गर्नेहो भने सायदै यती छिटो समययमा बजारमा स्थापित हुने कलाकार मध्यकै एक मानीनुहुन्छ सुकदेव अधिकारी उहाँको स्वरमा सजीएका गितहरु चाहे ती झ्याउरे भाका मा होस चाहे ती आधुनीक जुनसुकै गीत हुन एक पटक सुनी सकेका श्रोताहरुका लागी अबिस्मरणीय भएर सबैको मन मुटुमा बस्न सफल हुन्छन ।

न्युन बर्गीय परिवार भएतापनी उहाँका पारीवारीक पृष्ठभुभी हेर्नेहो भने परिवारका  धेरैजना बिज्ञान  बिषयको बिद्यार्थी हुदाहुदै पनी उहाँको बैज्ञानिक बन्ने सपना साकारहुन सकेन उहाँको  गायन पेशातीर अग्रसरता देखेपछी परिवारजनबाट सुरूका दिनहरुमा त्यती राम्रो साथ पाइएन बरु उहाँका साथीहरुकाे सहयोग निकै नै पाइएको कुरा सुन्न पढ्न पाइन्छ ।

कलाकारीताको सुरुवातीदिनहरुमा उहाँले साथीहरुको सहयोगमा दर्जनौगीतहरु गाइसकेपछी भने उहाँले बाबुआमाहरुलाइ बृद्धआश्रम्मा राख्नहुन्न भन्ने सन्देश बोकेको गीत बृद्धश्रम निकै नै चलेको र श्रोताहरुले मन पराउनु भयको छ । कहिले स्टेज त कहिले दोहोरी साँझमा रम्ने र यसैलाइ कर्मथलो र साधानागृह बनाउनु भएका गाएक अधिकारी भने पछिल्ला दिनहरुमा निकै ब्यस्त कलाकारको सुचिमा आफनो नाम दर्ज गराउन सफल हुनु भएको छ ।

हेरौ उहाँको पछील्लो गीत कल्ले बोलायो

भिडीयो साभार भावना म्यूजिक शोलुसन प्रा ली