मिस नेपाल २०२३ सुर्खेत अडिसन हुँदै (भिडियोसहित)


२७ फागुन, सुर्खेत । मिस नेपाल २०२३ कोलागि सुर्खेतमा पनि अडिसन हुने भएको छ ।

१९९४ देखि मिस नेपाल प्रतियोगिताको आयोजना गर्दै आएको द हिडेन ट्रेजरले आज वीरेन्द्रनगरमा पत्रकार भेटघाटको कार्यक्रममा मिस नेपालको अडिसन सुर्खेतमा पनि गरिने जनाएको हो ।

डाबर बाटिकाले प्रयोजन गरेको मिस नेपाल प्रतियोगिताको सुर्खेत अडिसन होटल सिद्धार्थमा फागुन २८ गते दिउँसो ३ बजे ओरेन्टेसन कार्यक्रम र २९ गते विहान ९ बजे देखि ११ः ३० बजे सम्म अडिसन हुने आयोजकले जनाएको छ ।

अडिसन कार्यक्रमकालागि मिस नेपाल २०२२ प्रियंका रानी जोशी, मिस अर्थ सरिशा श्रेष्ठ र मिस इन्टरनेशनल न्यान्सी खड्का सुर्खेतमा आउनुभएको आयोजक द हिडेन ट्रेजरले जनाएको छ ।