सुर्खेत १६, असार । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा धर्ना दिएको छ । माओवादीले जनयुद्धका झुट्ठा मुद्धा खारेज गर्नुपर्ने, प्रक्राउ गरिएका नेता, कार्यकर्तालाई विनासर्त रिहाई गर्नुपर्ने, वाढीपीडितलाई उचित पुर्नवासको व्यवस्था गर्नुपर्ने माग गदै धर्ना दिएको हो ।
सरकारी कार्यालयमा भएको भ्रष्टाचार, सेवा प्रवाहमा भएको ढिलासुस्ती, नक्कली प्रमाणपत्र धारीको विगविगी नियन्त्रण गर्नुपन, कालाबजारी, तस्करी, आटोपास, मिटरव्याज, महंगी, भूमाफीया, शैक्षिक माफीया नियन्त्रण गर्न पनि माओवादीले प्रशासनको ध्यानाकषण गराएको छ ।
युद्धको क्रममा वेपत्ता पारिएका व्यक्तिलाई सार्वजनिक गर्नुपर्ने, गैरसरकारी संस्थाले गरेका गलत क्रियाकलाप वन्द गर्नुपर्ने, देशभित्रै युवाहरुलाई स्वरोजगारको व्यवस्था गर्नुपर्ने, असमान सन्धी संझौता खारेज गर्नुपर्ने लगायतमा माग चन्द नेतृत्वको माओवादीले अघि सारेको छ ।
नेकपा माओवादी सुर्खेतका इन्चार्ज वालाराम सुनार र सेक्रेटरी प्रकाश ओलीको नेतृत्वमा आएका माओवादी कार्यकर्ताले एक घण्टा जिल्ला प्रशासन कार्यालयको गुटमा धर्ना दिएका छन । उनीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई १० वुद्धे ज्ञापन पत्र समेत वुझाएका छन । माओवादी कार्याकर्ताको धर्नास्थलमा ठुलो संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी तैनाथ गरिएको थियो ।
साभारः राराखबर अनलाइन



Prawash Kumar Shakya । १६ असार २०७३, बिहीबार १०:३३ बजे