यस्तो बन्यो दर्पण छाँया २ (भिडियो ट्रेलर)


darapanफागुण २७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘दर्पण छाया २’को ट्रेलर रिलिज गरिएको छ । साहारा फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको यो चलचित्रका लेखक तथा निर्देशक तुलसी घिमिरे हुन् ।
चलचित्रमा पुष्पल खड्का, साहारा कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारको मुख्य भूमिका छ । साथमा तुलसी घिमिरे, सरोज खनाल, वीए राना लगायतका कलाकारलाई पनि चलचित्रमा देख्न सकिनेछ ।

चलचित्रको ३ मिनेट भन्दा लामो ट्रेलरलाई संगीतमा ढालिएको छ । तुलसी घिमिरेको न्यारेशन, संगीतको ताल र कलाकारको संवादमा ट्रेलर तयार पारिएको छ ।

सवु कार्की र रवि कार्कीको निर्माणमा तयार भएको चलचित्रका प्रस्तुतकर्ता डाक्टर लोप्साङ लामा हुन् । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, भारती घिमिरे र प्रकाश वराइलीको सम्पादन, रंजित गजमेर र चन्दन लोम्जेलको संगीत छ ।

साभारः अनलाइनखबर