
२२ कात्तिक सुर्खेत
कर्णाली प्रदेश सरकारको क्याबिनेटले गरेको निर्णयको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका कर्मचारीहरु सोझै अवज्ञा गरीरहेको पाइएको छ ।
कर्णाली प्रदेशको सरकारले बैधानिकता पाए लगत्तै सरकारको शुरुवातको बैठकको निर्णय अनुसार कुनैपनी कर्मचारीहरुले बैठक भत्ता नलिने निर्णय गरेको घाम झै सबैको सामु छर्लङ्गै छ । तर सो कुरा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका कर्मचारीहरु नै अनभिज्ञ छन जस्तो गरेको पाइएको छ ।
सायद सरकारले गरेको निर्णय लेख्नेहातहरु,सुन्ने कानहरु, देख्ने आँखाहरु अनी बुझ्ने दिमागहरु नै अहिले भत्ता बुझन लालायीत भएको पाइएको छ । एक सुत्रका अनुसार बैठक शाखाका कर्मचारी र मन्त्रालय तथा मन्त्रीपरिषदका सचिवहरु भत्ता बुझ्नमा सबै भन्दा बढि लालायीत भएको खुल्न आएको छ ।
यती मात्रै नभएर दशै र तिहारको बिचमा कही कतै फिल्डमा नै नगएर मन्त्रालयका सचिब र कर्मचारीहरुको मिलेमतोमा टिए डिए बापत लाखौ रकम हिनामिना गरेको कुरा श्रोतले जनाएको छ ।
देश र जनताको हितमा काम गर्ने सिधासाधा जनताको लागी बिकासको हिसाव किताव गर्ने योजना बाँडफँड गर्ने हातहरु नै आफुखुसी मनोमानी गर्न लागेमा दुधको साक्षी बिरालो भएको जस्तै भएन र ?
देश र जनताको मन बचन र कर्मले सेवा गर्ने कसम खाएका ति मनहरु अलिकती पनि बिचलित नहुनु । ति हातहरु अलिकती पनी नकाप्नु र ति जिब्रोहरु अलिकती पनि न लरबराउनुले कर्णाली प्रदेश सरकारका कर्मचारीहरु कत्तिको देश र जनता प्रती बफादार छन भन्नेकुरा प्रष्टै हुन्छ ।
कर्णालीमा आफैमा पिछडीएको प्रदेश पिछडिएको प्रदेशका जनताहरुको त्यसै पनि पिछडिएका ,पिछडिएका जनताको जिवनस्तर उकास्नका लागी सबैले आ-आफ्नो तह र तप्काबाट लाग्नु पर्ने सरकरले आह्वान गरी रहेको बेला यी सचिवहरु र कर्मचारीले आफै बाट शुरुवात गरी रहेका छन् जिवनस्तर उकास्न ।
अव हेरौ यहीगती र यही पाराले कहिले सम्म जनताको जिवन स्तर उकास्ने हुन यो भने हेर्न बाँकी नै छ ।



Milan Shrestha । २२ कार्तिक २०७६, शुक्रबार १९:०३ बजे