सानाकिसान कृषि सहकारीले शित भण्डार बनाउने


३० कार्तिक, सुर्खेत । वीरेन्द्रनगर ९ लाटीकोइलीमा रहेको साना किसान कृषी सहकारी स‌ंस‍्था लिमिटेड सुर्खेतले आज एक कार्यक्रमको आयोजना गरि आफ्नो २२औं साधारण सभा सम्पन्न गरेको छ ।

सभाका प्रमुख अतिथी वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगर प्रमुख देवकुमार सुवेदीले सहकारीले चालेका सकारात्मक कामकालागि आफूले स्थानीय सरकारबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै सभाका विषेश अतिथी ९ नं वडा अध्यक्ष सुरेश मानन्धरले सहकारी बनाउन लागेको शित भण्डारकालागि वडाबाट रु ५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

सहकारीका अध्यक्ष नरेन्द्रनाथ योगीको सभापतित्वमा सम्पन्न सभामा कोषाध्यक्ष शान्तिकुमारी सि‌ंहले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने प्रवन्धक माया श्रेष्ठले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट सदस्यहरुलाई पुरस्कार वितरण गरिएको थियो ।