जब सम्म कर्मचारीहरुको क्षमतामा बृद्धि हुदैन, तब सम्म कुनै पनि संघ–संस्थाहरुले प्रगती गर्न सक्दैनःअध्यक्ष बस्नेत


तालिमको उद्घाटन गर्दे अध्यक्ष बस्नेत ।

मिलन श्रेष्ठ
सुर्खेत,१७ फागुन । जब सम्म कर्मचारीहरुको क्षमतामा बृद्धि हुदैन, तब जम्म कुनै पनि संघ–संस्थाहरुले प्रगती गर्न नसक्ने कुरामा एक कार्यक्रमका सभापतिले बताउनु भएको छ ।
सुर्खेत बहुद्देश्यीय सहकारी संस्था बीरेन्द्रनगर–०६, सुर्खेतले आज(शविार) वीरेन्द्रनगरमा आयोजना गरेको कर्मचारीहरुका लागी एक दिने क्षमता अभिबृद्धि तालिम कार्यक्रममा बोल्दै, कार्यक्रमका सभापति एवंम् सहकारी संस्थाका अध्यक्ष गणेशकुमार बस्नेतले उक्त कुरा बताउनु भएको हो ।

बस्नेतका अनुशार कुनै पनि संघ–संस्थामा कार्यरत कर्मचारीहरुलाई काममा मात्र लगाउने तर उनीहरुको श्रमको उचित सम्मान गर्न नसके, त्यस्ता प्रबिधिका संस्था नै धरासाहिमा पर्ने भएको हुदा कर्मचारीहरु संग राम्रो कार्य सम्पादनको अपेक्षा संग संगै उनीहरुको क्षमता, पनि बृद्धि गर्नु पर्नेमा जोड दिनु भयो ।

संस्थाका उपाध्यक्ष एवंम् प्रशिक्षक पुर्णबहादुर नेपाली ।

शनिवार वीरेन्द्रनगरमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष पुर्णबहादुर नेपालीले स्वागत मन्तव्य व्यक्त गर्दे तालिमको प्रशिक्षण गर्नु भएको थियो । तालिमको प्रशिक्षक गर्दे नेपालीले व्यक्तिहरु कसरी सफलता तर्फ अघि बढ्न सक्दछन र एक सफल व्यक्ति बन्नका लागी के–के गर्नु पर्दछ भन्ने शुत्र समेत दिनु भएको थियो ।

सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष सुरेशबहादुर गौतम, कर्जा उपसमितीका संयोजक महेश्वर तिवारी, शिक्षा उपसमितीका सदस्य बालकृष्ण श्रेष्ठ, शेयर सदस्य राम सारु, संस्थाका व्यस्थापक प्रवेशमान मानन्धर लगाएतको उपस्थित रहेको तालिममा प्रधान कार्यलय वीरेन्द्रनगर र सेवा केन्द्र मेहेलकुनाका कर्मचारीहरुको सहभागीता रहेको थियो ।